Comments Add Comment

संघीय गठबन्धनले आन्दोलनको समिक्षा गर्दै

Federal-Alliance१४ जेठ, काठमाडौं । आन्दोलनको समिक्षा र नयाँ आन्दोलनको कार्यक्रमबारे छलफल गर्न संघीय गठबन्धनको बैठक आज बस्दैछ ।

भोली सकिने राजधानी केन्द्रीत बैठको समिक्षा र दोस्रो चरणको आन्दोलनको तयारीका लागि संघीय समाजवादी फोमको कार्यालयमा बैठक बस्न लागेको हो ।

भोली राजधानी केन्द्रीत आन्दोलन सकेपछि गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । १८ गतेबाट अर्को चरणको आन्दोलनको तयारी गठबन्धनले गरेको छ ।

गठबन्धनले सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको कार्यक्रम स्थगित गरि राजधानीका विभिन्न स्थानमा विरोध प्रर्दशन गरिरहेको छ ।

बैठकमा सरकारको वार्ता अहृवानलाई लिएर गठबन्धन आबद्ध दलबीच देखिएको मतभेदका विषयमा समेत छलफल हुने बताइएको छ । सरकारले मधेसी मोर्चालाई वार्ताका लागि बोलाए पनि उनीहरु सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment