Comments Add Comment

तीन सय आयोजनाका लागि दश करोड

budget 2073-74१४ जेठ,  काठमाडौँ । नगरपालिकाबाट प्राप्त २८६ आयोजना स्वीकृत भई कार्यान्वयनको लागि १० करोड ३८ लाख विनियोजन गरी कार्य अगाडि बढाइएको छ ।

‘नयाँ १३३ नगरपालिकाको भौतिक पूर्वाधार निर्माणको लागि लागत सहभागितामा आधारीत आगोजनाका लागि ८७ लाख ४३ हजारको दरले स्रोत विनियोजन गरी कार्यान्वयनमा लगिएको छ,’ आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चालु आवको प्रथम आठ महिनामा स्थानीय विकास शुल्क कोषबाट पुराना ५८ नगरपालिकाको पूर्वाधार निर्माणका लागि निसर्त पूँजीगत अनुदान उपलब्ध गराइएको र लागत सहभागितामा आधारित आयोजना सञ्चालन गर्न जगेडा कोषमार्फत आयोजना गरिएको जनाइएको छ ।

स्थानीय विकास कोषमा आव २०७१÷७२ मा रु दुई अर्ब ६१ करोड विनियोजना गरिएकामा ६० करोड नगरापलिकामा निसर्त पूँजीगत अनुदान नदिएको तथा जगेडा कोष कार्यक्रममार्फत रु एक अर्ब विनियोजन गरिएको छ,’ सर्वेक्षणमा भनिएको छ ।

जगेडा कोषमा विनियोजित रकममा पुराना ५८ नगरपालिकामा सडक कालोपत्र, नाली, खानेपानी, ल्यान्डफिल्ड साइड निर्माण, दमकदल खरिद र फोहोरमैला व्यवस्थापनका लागि सवारी साधन खरिदसहित ३३५ वटा भौतिक पूर्वाधार निर्माणका आयोजना स्वीकृत भई २१२ वटा आयोजना सम्पन्न गरिसकेको छ ।

त्यसैगरी नगरपालिकाको सेवा प्रवाहमा सुदृढीकरण गर्दै भौतिक पूर्वाधार निर्माण गरी गरिबी न्यूनीकरण एवम् आर्थिक र सामाजिक विकास गर्न नगरपालिकामा चालु र पूँजीगत अनुदान प्रदान गर्ने गरिएको छ ।

त्यस्तै चालुतर्फ संस्थागत विकास, आर्थिक तथा प्रशासनिक सुढृढीकरण, वातावरणसम्बन्धी दिगो विकाससम्बन्धी नीति निर्माण समन्वय तथा अनुगमन र मूल्याङ्कन, अनुदान बाँडफाँड सम्बन्धमा उपयुक्त भार प्रणाली निर्धारण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment