Comments Add Comment

मलिनाको बोल्ड अवतारले तान्ला दर्शक

MALINA

काठमाडौं । पूर्व मिस नेपाल मलिना जोशीले अभिनय गरेको चलचित्र ‘द वीनर’ चर्चामा छ । उक्त चलचित्रको केही दृष्यमा मलिना बालुवाको थुप्रोमा बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । भदौको दोस्रो हप्ता रिलिज हुने भनिएको उक्त चलचित्रमा मुख्य भुमिका निर्वाह गरेकी मलिनाको बोल्ड भिडियो सार्वजनिक भएको छ ।

चलचित्रको टिजर हेरेर मलिना छ कि छैन अनुमान गर्न समेत हम्मे हम्मे पर्ने दर्शकका लागि गीतले प्रष्ट पारेको छ मलिनाले मस्तले अभिनय गरेकी छिन् ।

‘परी’ शीर्षकको गीतमा मलिनासंगै महेषमान श्रेष्ठले अभिनय गरेका छन् । अमित श्रेष्ठको शब्द/संगीत रहेको उक्त गीतमा प्रविशा अधिकारी र किरण भूजेलले स्वर दिएका छन् ।

हिक्मत विष्टको निर्देशन रहेको यस फिल्मले करिअर उचो बनाउनेमा मलिना आशावादी छिन् । चलचित्र ‘कलिउड’ मा आईटम डान्स गरेर चर्चामा आएकी मलिनाले त्यसपछि कथानक चलचित्र ‘ऋतु’ मा काम गरेकी थिइन् । ‘ऋतु’ले बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment