Comments Add Comment

‘फ्यान’ निर्देशकसँग परिणतीको प्रेम, भयो प्याचअप

prainiti and maneesh
बलिउडमा विशेषगरि, नायक-नायिकाको प्रेम चर्चा ज्यादा हुन्छ । तर, नायिका परिणिती चोपडा भने एक निर्देशकसँगको प्रेममा डुबेकी छिन् । ती निर्देशक हुन् मनिष शर्मा । मनिषले हालै मात्र चलचित्र ‘फ्यान’ निर्देशन गरेका थिए ।

मनिष र परिणिती ४ बर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, यी दुइको ब्रेकअप भएको खबर पनि सार्वजनिक भैरहेको थियो । तर, अहिले मिडियाको रिपोर्टलाई मान्ने हो भने यी दुइको प्याच अप भएको छ । परिणिती अहिले कोलकत्तामा चलचित्र ‘मेरी प्यारी विन्दु’को छायांकनमा व्यस्त छिन् ।

यो चलचित्रमा उनलाई आयुष्मान खुरानाले साथ दिइरहेका छन् । अक्षय रायले निर्देशन गरिरहेको यो चलचित्रका निर्माता परिणितीका प्रेमी मनिष शर्मा नै हुन् । यो चलचित्रमा परिणिती एक महत्वकांक्षी नायिकाको भूमिकामा छिन् भने आयुष्मान राइटरको भूमिकामा छन् । यो चलचित्रका लागि चोपडाले गीत पनि गाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment