Comments Add Comment

कागजी बिकासबारे जनगुनासो बढेपछि अख्तियारद्वारा अनुगमन सुरु

Akhtiyar-toli

१४ जेठ, जनकपुर । प्रत्येक आर्थिक वर्षको अन्त्यमा योजना पूरा गर्न कागजी विकास भईरहेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले मध्य तराईका जिल्लामा विशेष टोली परिचालन गरेको छ ।

मधेस आन्दोलनपछिका आर्थिक वर्षहरुमा बजेट सकाउनकै लागि टालेटुले विकास निर्माणका कामहरु हुँदै आएको छ । भएका काम गुणस्तरहीन हुने गरेको जनगुनासो बढेपछि आयोगको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयले १५ दिने अनुगमन अभियान सुरु गरेको हो ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका मध्य तराईका जिल्लामा जिल्ला विकास समिति, नगरपालिका, जिल्ला शिक्षा कार्यालय, भवन, सिंचाई, जलउत्पन्न, वन, सडक, हुलाकी सडक तथा यातायात र मालपोत कार्यालयको जनगुनासो बढेपछि क्षेत्रीय कार्यालयले छुट्टा छुट्टै चार वटा टोली बनाएर अनुगमन अभियान सुरु गरेको अख्तियारका क्षेत्रीय प्रमुख डिल्लु राज बस्नेतले जानकारी दिए ।

उपसचिव होमनाथ सुवेदी, डीएसपी यादव ढकालसहितका टोलीले मध्य तराईको चालु आर्थिक वर्ष २०७२/७३ सहिच पछिल्लो चार वर्षका योजनाको पूर्ण विवरण माग गरि शंकास्पद योजनाको अनुगमन तथा अनुसन्धान गर्नेछ । वस्नेतले भने-‘ त्रुटी भेटिए कारवाही गर्न टोली परिचालन भएको हो । अख्यिारले हतारमा छनोट भएका विकास योजनाको लागत, सम्झौता मिति, भुक्तानी रकम, फर्स्यौटको अवस्था लगायतका आधारमा छानविन गर्छ ।’

जिल्ला विकास समिति, उपमहानगरपालिका, नगरपालिका, गाविससँगै सडक डिभिजन, भू-संरक्षण, हुलाकी सडक आयोजना, भवन, सिंचाई, जलउत्पन्न, वन, कृषि, पशु, जिल्ला जनस्वास्थ्य, खानेपानी तथा सरसफाई डिभिजन लगायतका कार्यालले औपचारिकता निभाउने हिसाबले मात्र योजनाको कागजी रिपोर्ट तयार गर्ने गरेकाले अनुगमन अभियान चलाउनु परेको वस्नेतले जानकारी दिए ।

कर्मचारीको मिलोमतोमा कागजी अर्थात असारे विकास हुने भएकाले अख्तियारले निगरानी बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीका डीएसपी सन्तोष आचार्यले जानकारी दिए । कतिपय योजनाबारे अख्तियारमा समेत मौखिक तथा लिखित उजुरी परेका छन् ।

Akhtiyar-toli1

सर्लाहीमा अनुगमन, आवश्यक कागजात नियन्त्रण

आर्थिक वर्षको अन्त्यमा सुरु गरिएका कामहरुमा भ्रष्टाचार हुनेगरेको, गुणस्तर भन्दा पनि बजेट सिद्धाउनकै लागि काम सुरु गरिएको जस्ता सर्वसाधारणको गुनासो अध्याधिक रुपमा आएपछि सुरु गरिएको अनुगमन अभियानले सर्लाहीका विभिन्न कार्यालयहरुमा अनुगमन गरेको छ । अनुगमनको क्रममा शंकास्पद काजगात नियन्त्रणमा लिएको अख्तियारको क्षेत्रीय प्रमुख बस्नेतले जानकारी दिए ।

टोलीले झण्डै दुई साता लगाएर सर्लाही जिल्ला विकास समिति, नगरपालिका, गाविस लगायत विकासे अड्डाहरुको विगत चार वर्ष भित्र संचालित आयोजना र कार्यक्रमहरुको व्यापक अनुगमन र छानविन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment