Comments Add Comment

दुवईमा सिस्नुपानीको ‘दुई थोपा हाँसो’

Sisnupani

यूएई । एनआरएन युएईको आयोजनामा सिस्नुपानी नेपालको प्रस्तुति ‘दुई थोपा हाँसो’को पहिलो प्रर्दशन युएईको दुवईमा गरिएको छ । गत जनवरीपछि पहिलो पटक आयोजना गरिएको सार्वजनिक कार्यक्रममा अपेक्षाभन्दा दोब्बर नेपालीको सहभागिता थियो ।

एनआरएन युएईको यस कार्यक्रमलाई नेपाली दूतावास र झापाली समाजले सहयोग गरेको थियो ।

दुबईको जेबलअलीको पार्को मार्केट छेउको क्यूबीजी लेबरक्याम्पमा विहीबार साँझ आयोजना गरिएको कार्यक्रम अत्यन्त सफल भएको कार्यक्रम संयोजक तथा एनआरएन यूएईका उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

व्यंग्यकवि टंक आचार्यले समसामयिक प्रस्तुतिलाई सहभागी दर्शकहरुले मन पराएका थिए भने कलाकार मनोज गजुरेलको प्रस्तुतिले अधिकांश दर्शकहरु पेट मिचीमिची हाँसेका थिए । योगगुरु डा. राजु अधिकारीले स्वस्थ्य जीवनयापनका लागि उपयोगी योगका साधनाबारे प्रशिक्षण दिएका थिए ।

2-thopa-haso-1

कार्यक्रममा नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, बिज्जेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, एनआरएनका सल्लाहकार निमेश गिरी, झापाली समाजका सल्लाहकार संयोजक हेमन्त पौडेल लगायत यूएईका क्रियाशील संस्थाका प्रतिनिधिहरु तथा सोही कम्पनीमा कार्यरत नेपालीहरुको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी नेपालीहरुले कार्यक्रम निकै प्रभावकारी रहेको र यस्तै प्रकृतिका कार्यक्रमहरु लिएर फेरि फेरि आउन आग्रह गरेका थिए ।

सोही कार्यक्रम २७ मेमा रास अलखेमाको अलघेलमा दिउँसोको समयमा र साँझ दुबईको अलकुजको एमि्रल क्याम्पमा हुँदैछ भने २८ मे शनिबार अजमानको सिभिल डिफेन्स राउन्डएबाउट छेउको टास कम्पनीमा हुनेछ ।

सामाजिक, राजनीतिक तथा आर्थिक बेथितीलाई हाँस्यव्यंग्यको माध्यमबाट जागरण फैलाउँदै करिब १८ वर्षदेखि क्रियाशील सिस्नुपानी नेपालको यो कार्यक्रम नेपाली श्रमिकहरुको खुसीका लागि समर्पित देखिए । निःशुल्क रुपमा सहभागी हुन सकिने यो कार्यक्रम हेर्न कलाकार मनोज गजुरेलले सबै नेपालीहरुलाई आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment