Comments Add Comment

दाङका अग्निपीडितलाई देउखुरी समाज युएईको सहयोग

यूएई । वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका दाङ जिल्लाबासीहरुको सामाजिक संस्था दाङ देउखुरी समाज युएईले यस क्षेत्रका अग्निपीडितहरुलाई राहत वितरण गरेको छ ।

rahatदाङको गंगापरस्पुर-६ र ८ का अग्निपीडितहरुलाई समाजले करिब २ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको समाजका प्रवक्ता नारायण आचार्यले बताएका छन् ।

दाङ देउखुरी समाज युएईका प्रतिनिधि जुद्धबहादुर भण्डारी, यमबहादुर महरा, रेखराज भण्डारी र लालबहादुर केसीले गंगापरस्पुरका ५४ घरपरिवार अग्निपीडितहरुलाई प्रति परिवार १ क्वीन्टलका दरले करिव २ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको हो ।

गंगापरस्पुर वन कार्यालय भवनमा भएको उक्त राहत वितरणमा स्थानीय प्रशासन, स्थानीय निकाय, उद्योग वाणिज्य संघ, संचारकर्मी, दाङ देउखुरी सेवा समाज कतार साथै अन्य विभिन्न सामाजिक संघसंस्थको पनि उपस्थिति रहेको थियो ।

राहत वितरणमा संस्थाका प्रतिनिधिहरुले प्रवासमा रहे पनि यसरी आफ्नो मातृभूमिको सेवा गर्ने मौका पाएकोमा खुसी ब्यक्त गर्दै समाजको यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment