Comments Add Comment

अमेरिकीले भारतीयलाई हेप्छन्ः प्रियंका

priyanka-810

मुम्बई । हलिउड फिल्ममा काम गरे लगत्तै प्रियंका चोपडाको चर्चा बलिउडदेखि हलिउडसम्म फैलिएको छ । धेरैले सोच्दा हुन् प्रियंका अमेरिकामा निकै सान्दार जीवन जिउँदै छिन् र सन्तुष्ट पनि छिन् । तर, प्रियंका स्वयं भने अमेरिकी जीवनशैलिवाट पूर्ण रुपमा सन्तुष्ट छैनन् ।

अमेरिकीहरुले आफुलाई हेपेर कुरा गरेको अझै बिर्सेकी छैनन् उनले । कम्प्लेक्स म्यागजिनलाई दिएको अन्तरवार्तामा प्रियंकाले आफ्ना कठिन दिनको वारेमा भनेकी छिन् ‘म अमेरिकामै रंगभेदको शिकार भएकी छु ।’ रंगभेदकै कारण आफुले अमेरिका छाडेको उनको भनाई थियो ।

प्रियंकाको भनाई अनुसार १२ वर्षको उमेरमा स्कुल पढ्ने शिलसिलामा अमेरिका गएकी थिइन् उनी । उनलाई साथीहरुले कैली  भनेर बोलाउथे । त्यही कारण उनी पुन भारत फर्किइन् ।

एक अर्को प्रसंगमा उनले भनेकी छिन् ‘धेरै साथीहरुले तेरो ज्यानवाट भारतिय खानाको गन्ध आयो भन्थे । प्रियंका भन्छिन् ‘अमेरिकीहरु अहिले पनि भारतीयलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्छन् ।

अमेरिकी टिभी सीरिज ‘क्वान्टिको’ मा काम गरेपछि प्रियंकाको चर्चा ब्यापक भएको छ । अहिले हलिउड फिल्म ‘बेवाच’ मा काम गरिरहेकी प्रियंकालाई अन्य केही हलिउड फिल्मवाट पनि प्रस्ताब आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment