Comments Add Comment

मोटरसाइकलको ठक्करबाट झापामा दुईको मृत्यु

१४ जेठ, झापा । झापाको विर्तामोड-भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

motorcycle-accident-clipartमृत्यु हुनेमा बाहुनडाँगी-२ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे ४ प ८६८२ नम्बरको मोटरसाइकलले दुई दिन अघि बालकलाई ठक्कर दिएको र उपचारका क्रममा बिएन्डसी हस्पिटलमा आज मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता बिहीबार साँझ झापाको शनिश्चरेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका-८ कालिस्थान निवासी २० वर्षीया उषा रिजाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बा ७३ प ६३० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको र उपचारका लागि विर्तामोडस्थित विएन्डसी हस्पिटल पुर्‍याइए पनि उपचारकै क्रममा राति मृत्यु भएको बताइएको छ ।

चालक र सवारीलाई आज बिहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment