Comments Add Comment

सरकारलाई संसदको रुलिङः प्राकृतिक विपत्तीबारे जानकारी गराऊ

Parliyament-Buliding-of-Nepal

१४ जेठ, काठमाडौं । संसदले मुलुकमा बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षति र त्यसलाई रोक्ने पूर्व तयारीका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ ।

संसदको आजको बैठकमा आगलागी, बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट भएको नोक्सानी र रोकथामको पूर्व तयारीका विषयमा सांसदहरूले सरकारको जवाफ मागेका थिए । त्यसपछि सभामुख ओनसरी घर्तीले संसदको अर्को बैठकमा प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षति, उद्धार, क्षतिपूर्तिलगायत सम्पूर्ण विषयमा जानकारी दिन सरकारलाई रुलिङ गरेकी हुन् ।

बाढी, पहिरो र आगलागीबाट मुलुकका विभिन्न स्थानमा दर्जन बढी सर्वसाधारणले ज्यान गुमाउनुका साथै करोडौंको नोक्सानी भएको भन्दै सांसदहरूले सदनमा कुरा उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment