Comments Add Comment

मनिषाको हत्यारालाई सर्वस्वसहित जन्मकैदको सजायँ दिन सांसदहरुको माग

तथ्यपूर्ण रिपोर्ट बनाउन चिकित्सकलाई संसदीय समितिको आग्रह

१४ जेठ, काठमाडौं । सांसदहरुले राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनीषाको शंकास्पद मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई सर्वस्वसहित आजीबन काराबासको सजायँ दिन माग गरेका छन् ।

Manisha-gharti-magarसंसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले १७ वर्षीया मनीषाको हत्यामा उनका प्रेमीसहित अपराधिक समूह संलग्न भएको आशंका गर्दै सुक्ष्म अध्ययन गर्न र अपराधीलाई हदैसम्मको कारबाही गर्न माग गरे ।

सांसद दुलारी हरिजनले पनि मनीषाको हत्यामा संलग्नलाई पक्राउ गरी सर्वस्वसहित आजीवन कारबाहीको माग गरे ।

सांसद विक्रम खनालले मनीषा र प्रेमी आशिष भनिने रुद्रनारायण चौधरी मात्रै घटनामा संलग्न हो कि होइन भनेर सुक्ष्मरुपले छानविन गरिनुपर्ने बताए ।

अर्की सांसद दिलशोभा पुनले मनीषाको हत्यामा आशिष भनिने रुद्रनारायण चौधरी नै हत्यामा संलग्न रहेको हुनसक्ने प्रहरीले आफूलाई जानकारी गराएको बताइन् ।

बुधबार राति नवलपरासीको बर्दघाट नगरपालिका-८ भुताहास्थित आफ्नै घरभित्र मनीषा घर्ती मृत फेला परेकी थिइन् । मनीषाको शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टका लागि ल्याइएको छ ।

संसदीय समितिको पनि चासो

यसैबीच सांसदहरुको एक टोलीले मनिषाको शव पोष्टमार्टममा संलग्न चिकित्सकहरुलाई तथ्यपूर्ण रिपोर्ट सार्बजनिक गर्न आग्रह गरेको छ ।

संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सांसदहरु शुक्रबार अपरान्ह मनिषाको शव राखिएको शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । उनीहरुले हत्या वा आत्महत्या सम्बन्धमा कसैको दवाबमा नपरी तथ्य वाहिर ल्याउन चिकित्सकको टोलीसँग आग्रह गरेका हुन् ।

पोष्टमार्टममा संलग्न हुने चिकित्सकहरुले आफूहरुले कसैको दवाब र प्रभावमा परेर गलत रिपोर्ट नबनाउने बताए । उनीहरुले स्थानीय प्रहरीबाट मुचुल्का मगाइ समिति नै गठन घटनास्थलको बारेमा बुझी मृत्युबारे वास्तविकता बाहिर ल्याउनेमा विश्वस्त हुन संसदीय समितिसमक्ष आग्रह गरेका थिए ।

चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्ट आउन अझै दुई दिन लाग्ने छ ।

संसदीय समितिको टोलीले बिमल र उनकी आमालाई भेटेर सान्त्वना समेत दिएको छ । बहिनीको मृत्युको दुःखद खबरपछि फुटबलर बिमल बेल्जियमबाट शुक्रबार नेपाल फर्किएका छन् । बिमल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सोझै शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । बिमललाई सान्त्वना दिन केही फुटबलरहरु पनि अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment