Comments Add Comment

श्रवणकुमार सपोर्टले शहरमा हजार सोलार जोड्न सहजिकरण गर्ने

Sarban Kumar Suport

१४ जेठ, काठमाडौं । श्रवण कुमार सपोर्टले शहरी क्षेत्रका बासिन्दालाई एक हजार सेलार सिष्टम जडान गरिदिने भएको छ । सपोर्टले २०७३ सालभित्र एकद्वार प्रणालीबाट सोलार सिष्टम जडान गर्न घाम पावर नेपालसँग पहिलो सम्झौता गरेको छ ।

सरकारले शहरी क्षेत्रमा बैंकल्पिक उर्जा प्रवर्द्धन गर्न दुई सय वाटभन्दा बढी क्षमताका सोलार सिष्टम जडान गर्ने व्यक्ति वा संस्थालाई २० हजार अनुदान र बैंकबाट ऋण लिएमा ७५ प्रतिशत ब्याज अनुदान दिने बजेटमा घोषणा गरेको थियो ।

यस्तो सरकारी नीतिको फाइदा शहरी क्षेत्रका बासिन्दाहरुले घरमै बसेर लिन सक्ने श्रवणकुमार सर्पोटले जनाएको छ ।

‘हामीले उत्कृष्ठ सोलार कम्पनीहरुवाट सोलार सिष्टम जडान गर्न, बैंकबाट बिनाधितो वाषिर्क २.५ प्रतिशत व्याजदरको ५ बर्षसम्मको लागि ऋण लिन सहयोग गछौर्ं । साथै, सरकारबाट पाउने २० हजार रुपैयाँ अनुदान लिन सहजिकरण गरिदिन्छौं ।’ श्रवणकुमार सपोर्टका प्रबन्ध सञ्चालक रामहरी पोखरेलले बताए ।

घाम पावर नेपालले विगत ७ बर्षदेखि पाँच सय किलोवाट भन्दा बढीका सोलार सिष्टमहरु युनिसेप, त्रिभुवन विश्वविद्यालय, अमेरिकी राजदुतावास, माइती नेपाल, आमा घर लगायतका थुप्रै संघसंस्थामा जडान गरिसकेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment