Comments Add Comment

भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्प ‘टङ किस’ !

trump_putin

पूर्वी युरोपेली मुलुक लिथुआनियामा अहिले एउटा तस्वीर निक्कै चर्चामा छ । यो तस्वीर अमेरिकी राष्ट्रपतिका आकांक्षी डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हो । तस्वीरमा यी दुईले टङ किस गरेका छन् ।

राजधानी विलिनियसस्थित एक रेष्टुरेन्टको गेटमा टाँगिएको यस तस्वीरबारे आम मानिसहरुले अलग अलग अनुमानहरु गरिरहेका छन् ।

खासमा अमेरिकी राष्ट्रपतिका आकांक्षी ट्रम्प आफ्ना उटपट्याङ भाषणहरुका लागि चर्चित छन् । चुनाव प्रचार प्रसारका क्रममा उनले अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्धन्दी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको तारिफ गरेका थिए ।

ट्रम्पले भनेका थिए कि अमेरिकामा यस्ता हिम्मतिला नेता छैनन्, जो पुटिन जस्तो होस् । त्यसको बदलामा पुटिनले पनि ट्रम्पको खुलेर तारिफ गरे ।

अमेरिका र रुसबीच स्वच्छ सम्बन्ध कहिल्यै पनि छैन । दुईबीच दुश्मनीको इतिहाँस लामो छ । तर, पनि दुई मुलुकका लोकपि्रय नेताहरुले एक अर्कालाई गरेको तारिफले मानिसहरु पक्कै आश्चर्यमा परेका छन् ।

यसैको परिणाम हो, दुई नेताहरुले चुम्बन गरेको तस्वीर । तस्वीर बनाउने कलाकार मिन्डोगास बोनानुका उद्देश्य दुवै नेताहरुलाई व्यंग्य गर्नु थियो ।

दुई नेताहरुबीचको तारिफलाई कलाकार बोनानुले एक अर्काबीच निकट सम्वन्ध जस्तै बनाएर टङ किस गरिरहेको तस्वीर बनाएका हुन् ।

brezhnev_honecker

थुप्रै मानिसहरुले यस तस्वीरलाई सन् ९० को दशकमा एकदमै चर्चामा रहेको एक तस्वीरसँग गरेका छन् । जुन तस्वीरमा रुसका तत्कालिन प्रधानमन्त्री लियोनिद ब्रेद्धनेव र जर्मन चान्सलर एरिक होनेकरले एक अर्कालाई चुम्बन गरिरहेको देखाइएको थियो ।

त्यस तस्वीर रुसका कलाकार दिमित्री ब्रूवेलले बनाएका थिए, जुन बर्लिनको पर्खालमा टाँगिएको थियो । यो भित्तेचित्र सन् १९७९ मा दुई नेताहरुले एक अर्कालाई काखमा लिएको घटनालाई स्मरणका लागि बनाइएको थियो ।

त्यही तस्वीरबाट प्रेरणा लिएर लिथुनियाली कलाकार बोनानूले यो चित्र एउटा रेष्टुरेन्टको भित्तामा टाँगेका थिए ।

यद्यपी कलाकारितामा जानकारहरुले भने यो र त्यो तस्वीरबीच ठूलो अन्तर रहेको बताएका छन् । त्यस तस्वीरमा होनेकर र ब्रेझनेव एक अर्कालाई अंगालो हालेर सामिप्यता प्रस्तुत गरिएको छ भने यता पुटिन र ट्रम्पको तस्वीरमा चुम्बन गरिरहेको छ र दुवैका आँखा खुल्ला छन् ।

जानकारहरुका अनुसार यो तस्वीरले दुवै नेताहरुले एक अर्कालाई पक्का रुपमा विश्वास भने नगर्ने बुझाउँछ ।

कतिपय मानिसहरुले भने पुटिन र ट्रम्पको यस तस्वीरलाई सन् १९१२ मा बनेको एक मुर्ति ‘द किस’ सँग गरिरहेका छन् । त्यस तस्वीर रोमानियाली कलाकार क्यान्स्टेटिन ब्रेनकुसीले बनाएका थिए र जसमा दुई मानिस चुम्बन गरिरहेका देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment