Comments Add Comment

मन्त्री शर्माको प्रश्न- आयोजना जहाँको त्यहिँ, कार्यसम्पादनमा शतप्रतिशत अंक कसरी ?

राजनीतिक अस्थिरतालाई देखाएर जिम्मेवारीबाट पछि नहट्न निर्देशन

Rekha-Sharma१४ जेठ, काठमाडौं । सामान्य प्रशासन मन्त्री रेखा शर्माले राजनीतिक अस्थिरतालाई देखाएर आफ्नो जिम्मेवारीबाट पछि नहट्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । उनले ठूला आयोजनाको काम अघि नढ्ने तर, त्यसको प्रमुखले कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक पाउने व्यवस्था परिवर्तनमा जोड दिइन् ।

‘कार्यसम्पादन सम्झौता गरेर आयोजना प्रमुख नियुक्त भएका छन्, आयोजना जहाँको त्यहिँ छ तर कार्यसम्पादनमा शतप्रतिशत अंक पाएको देखिन्छ, यो कसरी भइरहेको छ ?’ मन्त्री शर्माले प्रश्न गरिन् ।

कार्यसम्पादन मूल्यांकन करार निर्देशिका प्रस्तावमाथि शुक्रबार आयोजित छलफलमा मन्त्री शर्माले १८ प्रतिशत मात्र विकास बजेट खर्च हुने अवस्था लाजमर्दो भएको भन्दै जिम्मेवार हुन आग्रह गरेकि थिइन् ।

उनले सेवा प्रवाहमा देखिएको समस्या समाधान गर्न र निजामती कर्मचारीलाई स्थिरतातर्फ डोर्‍याउन कार्यसम्पादन अनिवार्य भएको बताइन् ।

सुरक्षा निकायको पनि कार्य सम्पादन मूल्यांकन गर्न प्रस्ताव

छलफलमा सहभागी कर्मचारीहरुले सेना, प्रहरी लगायत सुरक्षा निकायको पनि कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । सामान्य प्रशासन मन्त्रालयको सहयोगमा पूर्वसचिव कृष्ण ज्ञवालीले तयार पारेको कार्यसम्पादन करार सम्वन्धि निर्देशिका प्रस्तावमा सुरक्षा निकायको कार्यसम्पादन आवश्यक नपर्ने उल्लेख छ ।

तर, यो प्रस्तावमा कर्मचारीहरुले नै असहमति जनाएका छन् । महालेखा नियन्त्रक कार्यालयका सहसचिव केबल भण्डारीले नहरमा पानी ल्याउने कुरा अहम् की सीमा रक्षा गर्ने कुरा अहम् हो ? भन्दै प्रश्न गरे । उनले जिल्लामा बसेर नागरिकता बाँड्नेको मात्र कार्यसम्पादन मूल्यांकन गरेर बस्न छोडेर शान्ति सुरक्षा कायम राख्नेको पनि कार्यसम्पादन मूल्यांकन हुनुपर्ने बताए ।

पूर्व सचिव ज्ञवालीले तयार पारेको निर्देशिका प्रस्तावमा मुख्य सचिव बाहेक बाँकी सबै कर्मचारीहरुको प्रत्येक बर्ष कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने उल्लेख छ । कार्यसम्पादन गर्दा पुरस्कार र दण्डको समेत व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित निर्देशिकाले कार्यसम्पादन मूल्यांकन समितिमा सेवाग्राही समेत सहभागी बन्ने प्रस्ताव गरेको छ । तर उक्त प्रस्ताव वैज्ञानिक नभएको भन्दै हटाउनु पर्ने कर्मचारीहरुको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment