Comments Add Comment

संसदमा सर्वाेच्च अदालत र न्याय सेवा विधेयक प्रस्तुत

१४ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले दुई विधेयक सदन समक्ष प्रस्तुत गरेका छन्  ।

CA-Buildingव्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा उनले प्रस्तुत गरेको ती दुई विधेयकमा ‘सर्वाेच्च अदालत (पहिलो संशोधन) विधेयक २०७३’ र ‘न्याय सेवा आयोग विधेयक, २०७३ ’ छन् ।

सो अवसरमा उनले संविधान कार्यान्वयन गर्न प्रस्तुत गरिएको सो विधेयकपछि अन्य क्रमशः प्रस्तुत गरिने बताए ।

यसैगरी श्रम तथा रोजगारमन्त्री दीपक बोहराले ‘सामाजिक सुरक्षा विधेयक, २०७२’ प्रस्तुत गर्दै लामो समयको अथक प्रयासपछि विधेयक आएको जानकारी दिए ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले सामाजिक सुरक्षा विधेयक २०७२ अधुरो अपूरो भएको जनाई विधेयकलाई फिर्ता लिन सरकारसित माग गरेका थिए ।

व्यवस्थापिका–संसद्को अर्काे बैठक शनिबार अपराह्न ४ बस्नेछ । सो बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment