Comments Add Comment

सेयर कारोबार गर्न अब कागज बोकेर नेप्से धाउनु नर्पने

stock-nepse-market१४ जेठ, काठमाडौँ । सेयर बजारमा आबद्ध कुनै पनि सङ्घ तथा वित्तीय संस्थाले अब कागज बोकेर नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा धाउनु नपर्ने भएको छ ।

कम्पनीको कार्यालयमा नै बसेर स्टकको वेबसाइटमार्फत कम्पनीको सम्पूर्ण विवरण उपलब्ध गराउन सक्ने प्रणालीको विकास गरिएको छ । सो प्रणालीको आज नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले उद्घाटन गरे ।

सूचीकृत कम्पनी स्वयम्ले सूचना, जानकारी तथा विवरणहरु नेप्सेको वेबसाइटमा राख्न सक्ने गरी प्रणाली तयार गरिएकोे छ । गभर्नर डा नेपालले सूचना प्रवाहलाई थप चुस्त बनाउन नेप्सेले थालेको प्रयासको प्रशंसा गर्दै यस्तो प्रयासलाई अझै सुदृढ गराउँदै लैजाने विश्वास व्यक्त गरे ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले पुँजी बजारमा सूचना प्रवाहको अपरिहार्यतालाई नेप्सेले आत्मसात् गरेको बताए ।  “कम्पनीबाट प्राप्त हुने सूचनाहरुलाई नेप्सेले रुजु गरी सर्वसाधारणमा पु¥याउने प्रणालीको विकासलाई भरपर्दो मान्नुपर्छ,” उनले भने ।

कार्यक्रममा नेप्सेका अध्यक्ष श्री रामजी रेग्मीले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै जाने नेप्सेको प्रयासमा नयाँ पद्धति थप सहायकसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत श्री सीताराम थपलियाले लगानीकर्तालाई छिटो र विश्वसनीय सूचना प्रदान गर्ने दिशामा नेप्सेले हरसम्भव प्रयास गर्ने बताए ।

“विगतमा सूचना प्रवाहमा रहेको कमीकमजोरीलाई न्यूनीकरण गर्दै लैजाने प्रयासस्वरुप नयाँ पद्धति थालनी गरिएको हो,” उनले भने । उनले लामो कागजी प्रक्रियाको अन्त्य गर्दै सहज रुपमा आफ्नै कार्यालयबाट काम गर्न सक्ने प्रणालीको विकास गरिएको बताए ।

सूचीकृत कम्पनीहरुबाट प्राप्त हुने सूचना जानकारी तथा विवरणका आधारमा लगानीकर्ताले लगानीसम्बन्धी निर्णयलाई सहज बनाउने हुँदा यसैका आधारमा आफ्ना बचत परिचालन गर्दछन् । सूचीकृत कम्पनीहरुले नेप्सेलाई सूचना आदि पठाउने र प्राप्त हुनासाथ यस्ता सूचनालाई नेप्सेले आफ्नो वेबसाइट तथा प्रणालीमा प्रविष्ट गरी सार्वजनिक गर्दै आएको थियो ।

यसलाई अरु छिटोछरितो एवम् पारदर्शी बनाई संस्थागत गतिविधिबाट सिर्जित सन्देशलाई कम्पनी स्वयम्ले जिम्मेवारीपूर्वक नेप्सेको वेबसाइटको तोकिएको फिल्डमा प्रविष्ट गर्नेछ । नयाँ व्यवस्थाबाट स्टकले सूचीकृत कम्पनीहरुबाट प्राप्त हुने सूचना, जानकारी तथा विवरणहरुको महत्व साथै सर्वप्रथम लगानीकर्ताका लागि यस्ता सन्देशले महत्व राख्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment