Comments Add Comment

लोग्नेको मोबाइल हेरेको आरोपमा श्रीमतीलाई देश निकाला

mobileत्यस्तो देश जहाँ महिलालाई आफ्नै श्रीमानको मोबाइल फोन हेर्न र चलाउन समेेत छुट हुँदैन भने त्यहाँका महिला कति पीडित र अधिकारवीहिन होलान् ? अनुमान गर्नपनि गाह्रो पर्छ । खाडीको युरोप भनेर चिनिने युएयमा हालै यस्तै घटना भएको छ ।

आफ्नै लोग्नेको मोबाइल फोन हेरेको अभियोगमा एक जना महिलालाई देश निकालाको आदेश दिइएको छ ।

लोग्ने कतै अरु महिलाहरुसँग सल्किएको त छैन भनेर उसको मोबाइलका मेसेज, फोटोहरु तथा सोसल मिडियाका गतिविधि नियाल्न ती महिलाले लोग्नेको मोबाइल चेकजाँच गरेकी रहेछिन् । तर यसो गर्दा श्रीमानको गोपनियता उल्लंघन गरेको भन्दै उनीमाथि जरिवाना र देश निकालाको सजायँ भएको हो ।

युएइको अजमानस्थित एक अपराध न्यायालयले ती महिलामाथि डेढ लाख दिराम जरिवानाको फैसला गर्दै देश छाड्न आदेश दिएको छ ।

ती महिलाका वकिलका अनुसार आफ्नो लोग्नेको अरु नै महिलासँग सम्बन्ध रहेको आशंका उनलाई थियो । आफ्नो आशंकाको सत्यता पत्ता लगाउन उनले लोग्नेको अनुमति विना नै लुकेर उसको मोबाइल खोलिन् र त्यसमा रहेका फोटाहरु आफ्नो मोबाइलमा पठाइन् ।

चाहे आफ्नै लोग्ने किन नहोस् अरुको गोपनियतामा चुनौति दिनु ठूलो अपराध रहेछ युएयमा । उसले तत्कालै अदालतमा पत्नी विरुद्ध मुद्दा हाल्यो । अदालतले साइबर अपराध कानून अन्तरगत सूचना प्रविधिको प्रयोग गरी अर्काको गोपनियता उल्लंघन गरेको अभियोगमा ती महिलालाई दोषी ठहर गर्यो ।

ती दम्पतिहरु ३० वर्षको हाराहारीमा रहेको बताइएपनि उनीहरुको अन्य विवरण भने सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment