Comments Add Comment

भुवनले मागे १ करोड क्षतिपूर्ति

bhuwan-kcकाठमाडौं । आफ्नै लगानी र निर्देशन रहेको चलचित्र ‘डि्रम्स’ पाइरेसी भएपछि अभिनेता भुवन केसीले एक करोड क्षतिपूर्ति माग गर्दै प्रहरी साइबर सेलमा उजुरी गरेका छन् । उनले बोथार्थ पत्र चलचित्र विकास बोर्डमा पनि पठाएका छन् ।

नेपालमा प्रदर्शन भइसकेको डि्रम्स नेपाल बाहेकको मुलुकमा प्रदर्शन हुनै बाँकी छ । रिलिज नहुँदै फिल्म पाइरेसी हुँदा निर्माता मारमा पर्ने भन्दै अभिनेता केसीले पाइरेसी राष्ट्रिय चलचित्र उद्योगकै ठूलो रोग भएको बताए । ‘यो शैलिले नेपाली चलचित्र नै ध्वस्त हुनसक्छ, त्यसकारण हामी बेलैमा सचेत हुनुपर्छ ।’
अनलाइनखबरसँग कुरा गर्दै भुवनले भने ।

भुवन केसी निर्देशित डि्रम्समा अनमोल केसी र सम्रागी राणाको मुख्य भुमिका रहेको छ । नेपालमा ब्यबसायिक रुपमा सफल भएको उक्त चलचित्र विभिन्न मुलुकमा प्रदर्शनको क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment