Comments Add Comment

ट्वीटरमा १४० अक्षरको सीमा खुकुलो, जान्नुहोस् ४ महत्वपूर्ण परिवर्तन

सामाजिक सञ्जालमा ट्वीटरले १४० अक्षरभित्र ट्वीट गरिसक्नुपर्ने सीमालाई केही खुकुलो बनाउने भएको छ ।

Twitterट्वीटरले १४० अक्षरको सीमालाई हटाएर १० हजार अक्षरसम्म ट्वीट गर्न दिने तयारी गरिरहेको चर्चा एक दुई बर्ष अगाडी नै चलेको भएपनि अहिलेसम्म त्यो कार्यन्वयन भएको छैन् । बरु ट्वीटरले त्यसलाई संसोधन गर्दै १४० अक्षरको सीमालाई सरल बनाएको छ ।

ट्वीटरले यसै साता एउटा सानो परिवर्तन गर्दै छ जसले गर्दा १४० अक्षरको सीमा केही खुकुलो हुने भएको छ । अब ट्वीटरले फोटो र कुनै पनि वेबसाइटको लिंकलाई अक्षरमा गणना गर्नेछैन् ।

अर्थात् तपाइँले अब पुरै १४० अक्षर ट्वीट लेख्न पाउनुहुन्छ, त्यसमा समावेश हुने तस्वीर र लिंक गणना हुनेछैन् ।

अबको केही महिनाभित्र प्रयोगकर्ताले यस्तो परिवर्तन देख्न पाउने ट्वीटरले जनाएको छ । ट्वीटरले गत मंगलबार गरेको घोषणाअनुसार अब निम्न महत्वपूर्ण परिवर्तन हुनेछन् ।

१. रिप्लाई: ट्वीटरमा रिप्लाई गर्दा @names गर्नुपर्छ । १४० अक्षरको सिमितताका कारण ट्वीटरमा हुने बहसमा धेरै जनालाई मेन्सन गर्न सकिँदैन् । तर, अब ट्वीटरले यसरी रिप्लाई गर्दा गरिने मेन्सनलाई पनि अक्षरमा गणना गर्नेछैन् । चाहेजतिलाई मेन्सन गरेर आफ्ना कुरा राख्न सकिने छ ।

२. मिडिया अट्याचमेन्टः फोटो, जीआईएफ इमेज, भिडियो वा पोल कुनै पनि अटयाच गर्दा अब ट्वीटरले १४० अक्षरभित्र गन्ने छैन् । यसको मतलव अब तपाइँले ढुक्कसँग तस्वीर र मिडिया फाइल अपलोड गर्न सक्नुहुन्छ, १४० शब्द कटला कि भनेर तस्वीर हाल्न हिचकिचाउनुपर्दैन् ।

३. आफ्नै ट्वीटमा रिट्वीट बटनः अब ट्वीटरले आफ्नै ट्वीटरमा पनि रिट्वीट गर्ने अप्सन दिँदैछ । यदि तपाइँले कुनै बेला ट्वीट गरेका बिषय धेरै प्रयोगकर्तामाझ पुगेन भन्ने लाग्यो भने फेरि रिट्वीट गर्न सक्नुहुन्छ ।

४. गुडबाई २: ट्वीटरमा गरिएका यी परिवर्तनहरुले ट्वीटरका नियमहरु पनि परिवर्तन हुनेछन् । जस्तो कि अब तपाइँले डट एट दी रेट गरेर ट्वीट गर्नुपर्ने छैन् । अहिलेसम्म सामान्यतयाः आफ्ना सवै फलोअरलाई जानकारी दिन वा सम्बाद सवैलाई जानकारी दिन डट एट दी रेट प्रयोग हुन्थ्यो । अब तपाइँले युजरनेमबाट सुरु हुने जतिपनि ट्वीट गर्नुहुन्छ ती सवै फलोअरले देख्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment