Comments Add Comment

अन्तराष्ट्रिय मानविय सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री थापा स्देश फिर्ता

kamal thapa_turky_add१५ जेठ, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा टर्कीमा आयोजित अन्तराष्ट्रिय मानविय सम्मेलनमा सहभागी भएर स्वदेश फकिएका छन् ।

टर्कीस एयरलाइन्सको विमानबाट उनी आज विहान स्वदेश फकिएका हुन् ।

राष्ट्रसंघका महासचिव वानकी मुन समेतको उपस्थितिमा सम्पन्न मानविय सम्मेलनमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल सरकारले तयार पारेको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पाँच वर्षे योजनाको खाका हस्तान्तरण गरेको थियो । सो अवसरमा महासचिव वानले पुनर्निर्माण सम्बन्धी खाका ल्याएकोमा खुशी व्यक्त गरेका थिए ।

टर्कीमा रहदाा थापाले स्तानबुल प्रोग्राम आफ एक्समा पनि सहभागी भएका थिए । स्तानबुलबाट इजरायल पुगेका उपप्रधानमन्त्री थापाले इजरायका राष्ट्रपति, प्रधानमन्त्रीलगायतसाग भेटवार्ता गरेका थिए ।

थापासँगको भे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नेपाली कामदार बढाउने विषयमा इजरायल सरकार सकरात्मक रहको बताएका थिए ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाको टर्की एवं इजरायल भ्रमणमा यी देशहरुसागको दुईपक्षीय हितका विषयमा कुराकानी भएको जानकारी दिदैं थापाका प्रेस सहयोगी मोहन श्रेष्ठले उनको भ्रमण अत्यन्त सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment