Comments Add Comment

आज जम्बो बजेट आउने, माओवादी र कर्मचारी खुशी पार्ने तयारी

budget 2073-74१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३/७४ का लागि राष्ट्रिय योजना आयोगले तोकेको सीमासमेत नाघेर जम्बो बजेट ल्याउँदैछ । बजेटको आकार १० खर्ब भन्दा माथिको हुनेछ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार अपरान्ह ४ बजे बजेट वक्तव्य दिने कार्यक्रम छ । अर्थमन्त्रालय स्रोतका अनुसार बजेटको आकार १० खर्ब रुपैयाँभन्दा बढीको हुनेछ ।

सरकारले ल्याउन लागेको यो बजेट चालू आर्थिक वर्षको भन्दा करिब २ खर्बले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब ९ अर्बको थियो ।

सरकारले कर्मचारीहरुको तलब बढाउनुका साथै माओवादीलाई खुशी पार्नका लागि पूर्व लडाकूहरु एवं सहिद तथा घाइतेहरुका लागि राहतको प्याकेज घोषणा गर्न लागेको स्रोतको भनाइ छ ।

सरकारले वृद्धभत्ता बढाउनेदेखि सामाजिक सुरक्षाको क्षेत्रमा बजेट बढाउने तयारीगरेको छ । त्यस्तै सांसद विकास कोषको रकम बढाउने तयारीसमेत सरकारले गरेको छ ।

यसअघि विनियोजन गरिएको रकम खर्च गर्न नसकेर आलोचना खेपिइरहेको सरकारले एकै वर्षमा २७ प्रतिशतले बजेट अंक बढाउन लागेको हो ।

बजेटका विषयमा विपक्षी नेपाली कांग्रेसका नेताहरुले सुरुदेखि नै आलोचना गरदै आएका छन् । योजना आयोगले तोकेको सिलिङभन्दा बढी बजेट ल्याएर लोकपि्रय कार्यक्रम मार्फत आगामी चुनावलाई प्रभाव पार्न खोजिएको कांग्रेस नेताहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment