Comments Add Comment

वन्यजन्तुको आक्रमण बढेपछि गाउँ छाड्दै स्थानीय

२२ घरले गाउँ छोडे

village_taplejung (3)१५ जेठ, ताप्लेजुङ । बन्यजन्तुले मानिस माथिनै आक्रमण गर्न थालेपछि ताप्लेजुङको कालिखोला गाविसका स्थानीयले गाउँनै छाड्न थालेका छन् ।

मानिस र घर पालुवा बस्तुभाउमाथि चितुवा र भालुले आक्रमण गर्न थालेपछि हाल सम्म २२ परिवारले गाउँ छाडि अन्यत्र बसाई गएको कालीखोला ९ का स्थानिय विजय चापागाईंले बताए ।

गाउँ वरीपरि बाक्लो जंगल बढेको र दैनिक जसो जंगलबाट आउने कालो भालु र चितुवाले मानिस र घरपालुवा जनावर माथि आक्रमण गर्ने र लगाएको बालि पनि सखाप पार्ने भएकाले स्थानियको बसाई सार्नु बाहेकको विकल्प नभएको चापागाईको भनाइ छ ।

village_taplejung (1)भारतसँग सिमाना जोडिएको यो गाविसमा भालु, बाघ, चितुवा, वन कुकुर, मृग, घोरल, कालिज, दुम्सीजस्ता जनावरको ‘आतंक’ बढेको कालीखोला सामुदायिक वन उपभोक्ता समितिकी सदस्य देवीमाया बानियाँले बताइन् । यी बन्य जन्तु नजिकैको सामुदायिक बन र सिमाना जोडिएको भारतको निकुञ्ज र आरक्षा क्षेत्र बाट समेत आउने गरेको उनको भनाइ छ ।

बसाईसरी गएकाहरु अधिकांश नजिक रहेको पाँचथर जिल्लाको फलैंचा गाविसमा बसेका छन् । विस्थापित उनीहरू गुजाराका लागि मध्यपहाडी लोकमार्गछेउमा टहरो बनाउने, व्यापार गर्ने र अधियाँमा खेती गर्न थालेका छन् । केही परिवार इलाम र झापा समेत झरेको स्थानियको भनाई छ ।

स्थानीयले गाउँ छाड्न थालेपछि घरहरु सबै जिर्ण अबस्थामा रहेका छन् भने अरू दर्जनभन्दा बढी परिवार पनि गाउँ छाड्ने तयारीमा रहेको कालीखोला ४ का खोमनाथ बानियाँले बताए ।

village_taplejung (2)पहिले बन जंगल जोगाउन पर्छ भन्ने सरकारी तथा गैर सरकारी कार्यालयले बन जंगल बढे सँगै बन्य जन्तुको आक्रमणले स्थानिय नै बसाई सर्दा समेत वेवास्था गरेको उनिहरुको गुनासो रहेको छ ।

वन अधिकृत माधव देवले भने स्थानीयले वन्यजन्तु आतंकबारे मौखिक गुनासो गरे पनि लिखित जानकारी नदिएको बताएका छन् । लिखितरुपमा आएमा क्षतिपूर्तिको प्रावधान भएकाले लिखित निवेदन सम्बन्धित निकायमा पठाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment