Comments Add Comment

फिंगरप्रिन्ट वा पासवर्ड, कुन बढि सुरक्षित ?

finger prientतपाइँसँग स्मार्टफोन छ भने त्यसमा सुरक्षाको उपाय हुनु आवश्यक हुन्छ । स्मार्टफोनमा सेक्योरिटी लक गर्नका लागि पिन नम्बर, प्याटर्न लक, पासवर्ड तथा फिंगर प्रिन्ट लगायतका विभिन्न तरिका हुन्छन् ।

आफ्नो फोनको पिनवाला पासवर्ड केवल आफुसँगै हुन्छ र पासवर्डका लागि यदि फिंगरप्रिन्टको प्रयोग गर्नुहुन्छ भने त्यसले केवल तपाइँको औँलाको इशारामा काम गर्छ ।

यस्तो तपाइँले कसरी थाहा पाउने की फिंगरप्रिरन्ट वा पिन नम्बर वाला पासवर्ड मध्ये कुन बढि सुरक्षित हुन्छ ? पासवर्डका रुपमा फिंगरप्रिन्ट वा पिन नम्बरको प्रयोग गर्नुका कतिपय फाइदा छन् त कतिपय बेफाइदा ।

पिन नम्बरवाला पासवर्डको कुरा गर्नुपर्दा स्मार्टफोनमा सेक्योरिटी लकका लागि जब पिनको प्रयोग गरिन्छ तब सही पासवर्डको अनुमान गर्नु सजिलो त पक्कै हुँदैन । तर तपाइँले कुन स्मार्टफोन प्रयोग गर्नुभएको छ भन्ने कुरामा यो निर्भर गर्दछ ।

ब्लाकबेरी तथा आइफोनमा तपाइँले दस पटकसम्म गलत पिन नम्बर हालेमा स्मार्टफोन लक हुन्छ । तर एन्ड्रोइडमा यस्तो व्यवस्था छैन ।

त्यसैले यदि एन्ड्रोइड स्मार्टफोनमा पिन नम्बर बाहेक अन्य सेक्योरिटी फिचर राख्नुभएको छैन भने अरु मानिसले पटक पटक अनुमान गर्दै तपाइँको पासवर्ड पत्ता लगाएर स्मार्टफोन अनलक गरिदिने समभावना अत्यधिक हुन्छ ।

त्यसैले यस्तो स्थिति आउन नदिनका लागि तपाइँले आफ्नो एन्ड्रोइड डिभाइसमा राखेका डाटालाई एन्त्रिmप्ट गर्नैपर्छ । डिभाइसको सेटिंग्स बदलेर डाटा एन्क्रिप्ट गर्नुहोस् । त्यसपछि जब तपाइँले आफ्नो डिभाइसलाई अफ गरेर अन गर्नुहुन्छ तब तपाइँले एक पासवर्ड हाल्नु आवश्यक पर्दछ । यसले तपाइँको डिभाइसको सुरक्षामा थप बल पूराउँदछ ।

सेक्योरिटीको लागि पिन पासवर्डको तुलनामा फिंगरप्रिन्ट निकै सजिलो तथा सुरक्षित मानिन्छ । तरपनि सुरक्षा विज्ञहरु भने फिंगरप्रिन्ट सेक्योरिटीलाई समेत शत प्रतिशत सुरक्षित मान्दैनन् ।

यदि कसैलाई तपाइँको स्मार्टफोनबाट डाटा चोर्नुछ भने तपाइँको फिंगरप्रिन्ट उसले खोज्नसक्दछ र त्यसरी खोजी गरेको फिङगरप्रिन्टको सहायताले स्मार्टफोन अनलक गरिदिनेछ ।

कहिलेकाहीँ सार्वजनिक स्थानमा तस्वीर खिच्दा तपाइँले बुढी औँला उठाएर बेस्ट अफ लक भनिरहनु भएकेा हुनसक्छ । तपाइँको उक्त तस्वीरबाट ह्याकरले तपाइँको थम्बप्रिन्ट निकाल्दछ ।

यदि तपाइँले बुढी औँलाकै औँठाछापलाई स्मार्टफोनमा प्रयोग गर्नुभएको छ भने ह्याकरले अब तपाइँको स्मार्टफोन खोलिदिन सक्छ । फिंगरप्रिन्ट कति असुरक्षित हुन्छ भन्ने सम्बन्धमा यो आलेख निकै सनसनीपूर्ण छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment