Comments Add Comment

देशभर ५१ लाख राँगा-भैंसी, एक करोड खसी-बोका

कुखुराको संख्या उच्च दरमा वृद्धि

Animals१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा पशुपालनको अवस्थामा खासै सुधार हुन नसकेको सरकारको सर्भेक्षणले देखाएको छ । विभिन्न जातका घरपालुवा पशुहरुको संख्या गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा झिनो दरले बडेको छ ।

एकवर्षमा देशभरमा राँगो तथा भैंसीको संख्या ३ सय १० ले बढेको छ भने गाई २ सय १७ ले मात्रै । अझ दुधालु भैंसीको संख्या ओरालो लाग्ने क्रममा छ । अरु पशुपंक्षीको संख्या पनि खासै बढ्न सकेको छैन ।

सरकारले आर्थिक सर्वेक्षणमार्फत पशुपन्छीको संख्या सार्वजनिक गरेको छ । सर्भेक्षणअनुसार दुधालु भैंसीबाहेक सबै पशुपंक्षीको संख्या चालु आवमा सामान्य दरमा बढ्ने देखिएको छ ।

आगामी असर मसान्तसम्म भैंसी र राँगोको ५१ लाख ६८ हजार पुग्नेछन् । यो संख्या गत आर्थिक वर्षको भन्दा ३१० बढि हो । यसमध्ये देशभर १३ लाख ४३ हजार ८ सय दुध दिने भैंसी पालिएका छन् । यसवर्ष २ हजार दुध दिने भैंसी घटेका छन् ।

गाईगोरुको संख्यामा पनि उल्लेख्य वृद्धि हुन नसकेको देखिएको छ । देशभर जम्मा गाइरगोरुको संख्या ७२ लाख ४१ हजार ९ सय ६० छ । यसमध्ये देशभरमा १० लाख २५ हजार ९ सय दुधालु गाई छन् । यो संख्या गत आर्थिक वर्षको भन्दा शुन्य दशमलव ००४ प्रतिशत मात्रै बढी हो । गत वर्ष यो संख्या ४१ हजार ७ सय ४३ थियो ।

यो वर्ष बाख्रा, बोका र खसीको संख्या १ करोड २ लाख ५६ हजार ६ सय पुगेको छ । यो गतवर्षको भन्दा ०।०५ प्रतिशतले मात्रै बढी हो । गत वर्ष भन्दा यसवर्ष बाख्रा प्रजातिको पशुको संख्या ४ हजारले बढेको छ ।

यस्तै गतवर्ष भन्दा यसवर्ष भेडारभेडी जम्मा ७१ वटा बढि छन् । गतवर्ष ७ लाख ८९ हजार २ सय ९२ रहेको भेडारभेडीको संख्या यसवर्ष ७ लाख ८९ हजार ३ सय ६३ पुग्ने तथ्याङ्कले देखाएको छ ।

यो वर्ष सुंगुर र बुंगुर ६ हजार १६ वटा बढि छन् । गत वर्ष १२ लाख ३ हजार २ सय ३० रहेको संगुररबुंगुरको संख्या यो वर्ष १२ लाख ९ हजार २ सय ४५ पुगेको छ । यो वृद्धि ०।०५ प्रतिशत हो ।

यो वर्ष कुखुराको संख्या सबैभन्दा उच्च दरले बढेको छ । आर्थिक सर्वेक्षण अनुसार गतवर्ष भन्दा ४ प्रतिशतले कुखुरापालन बढेको देखिएको छ । गतवर्ष भन्दा यसवर्ष कुखुराको संख्या २ लाखले बढी छ । गत वर्ष ५ करोड १९ लाख रहेको कुखुराको संख्या यसवर्ष ५ करोड २२ लाख पुगेको छ । यसमध्ये फुल दिने कुखुराको संख्या ८४ लाख १३ हजार छ ।

देशमा हाँसको संख्यामा पनि खासै वृद्धि भएको छैन । गतवर्ष भन्दा यसवर्ष हाँसको संख्या जम्मा ७ वटाले बढेको छ । गतवर्ष ३ लाख ९० हजार २ सय ८१ रहेकोमा यो वर्ष ७ वटा मात्रै बढेर ३ लाख ९० हजार २ सय ९४ पुगेको देखिएको छ । यसमध्ये फुल दिने हाँसको संख्या १ लाख ८० हजार छ ।

आर्थिक वर्ष सकिदासम्म याकरचौंरी ७१ हजार ६ सय ९०, खरायो २६ हजार १ सय ३०, तथा घोडा, खच्चड र गधा ५२ हजार ७ सय ९६ वटा पुग्ने तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment