Comments Add Comment

अध्ययन भन्छः ४० वर्षपछि सुरु हुन्छ सबैभन्दा उत्तम यौन जिवन

उमेर घर्किँदै जाँदा मानिसमा यौन क्षमतामा ह्रास हुँदै जानु प्राकृतिक कुरा हो । उमेर ४० कटेपछि मानिसमा यौन रुची तथा यौन क्षमतामा पनि कमी हुनु स्वभाविकै हो ।

यस्तो अवस्थामा मानिसहरुको यौन जिवन निकै निरस हुने अनुमान गरिने नै भयो । तर एक अध्ययनले भने यस्तो अनुमानलाई गलत सावित गर्दै ४० वर्षको उमेर पुगेपछि मानिसको सबैभन्दा मज्जेदार यौन जिवन सुरु हुने देखाएको छ ।

४० देखि ५९ वर्ष उमेरका २४ सय जना क्यानेडाली मानिसहरुमा गरिएको अध्ययनको आधारमा यस्तो निष्कर्ष निकालिएको हो । शोधकर्ताहरुले उक्त उमेर समूहका मानिसहरुलाई उनीहरुको यौन स्वास्थ्य, खुसी तथा आनन्दका साथै उनीहरुको यौनिक आनिवासी तथा प्रवृत्तिको अध्ययन गरेका थिए ।

क्यानडाको युनिभर्सिटी अफ गोएल्फका यौनिक तथा सम्बन्ध सम्बन्धी शोधकर्ता रोबिन मिल्हसेन भन्छन्ः  उमेर छिप्पिएसँगै सेक्सको महत्व घट्दै जाने तथा सेक्स कम आनन्ददायी हुने र यसको दर पनि घट्दै जाने आम धारणा छ । तर अध्ययनले धेरै अधवैँशे क्यानेडालीहरुले भने सन्तुष्टदायी र सक्रिय यौन जिवन हाँकिरहेको देखाएको छ ।

क्यानडाको यौन सूचना तथा शिक्षा परिषदसँगको सहकार्यमा चर्चित कण्डम उत्पादक कम्पनी त्रोजानले यो अध्ययन गरेको हो । अध्ययनले उमेरसँगै यौन सन्तुष्टिमा गिरावट नआउने तथ्य पत्ता लगाएको छ ।

अध्ययनमा सहभागी गराइएका ६५ प्रतिशतले आफ्नो पछिल्लो यौन सम्पर्क आनन्ददायी भएको बताए । आफ्नो अहिलेको प्राथमिक सम्बन्ध संवेगात्मक रुपमा आनन्ददायी र सन्तोषजनक रहेको लगभग सबैजसोको भनाइ रह्यो ।

अझ अध्ययनले अर्को रोचक कुरा त के पत्ता लगाएको छ भने जति उमेर छिप्पिँदै गयो मानिसहरु यौन सम्पर्कमा नयाँ नयाँ प्रयोग गर्न थाल्दछन् र यौन सम्बन्धलाई पनि एड्भेन्चर्स बनाउन थाल्दछन् ।

६३ प्रतिशत सहभागीले यौन सम्पर्कका बेला आफुले एक दशक पहिले अपनाउने विधिभन्दा अहिले आनन्द प्राप्त गर्न नयाँ नयाँ विधि प्रयोग गर्ने गरेको बताएका छन् ।

उमेर बढेसँगै सम्भोगका बेला लुबि्रकेन्ट्सको प्रयोग गर्ने दर बढ्ने देखिएको छ । आफ्नो पछिल्लो यौन सम्पर्कका बेला लुबि्रकेन्ट्स प्रयोग गर्ने पुरुष २२ प्रतिशत तथा महिला २६ प्रतिशत रहेका पाइयो ।

त्यस्तै यौन खेलौना प्रयोग गर्ने दर पनि उच्च पाइयो । ४० प्रतिशत अधवैँशे महिलाले आफुले सबैभन्दा पछिल्लो मैथुनका बेला भाइब्रेटर प्रयोग गरेको बताएका छन् ।

यौनिक तथा आपसी सन्तुष्टीबीच निकै घनिष्ट सम्बन्ध छ र आपसी सम्बन्धमा सबैभन्दा बढि संवेगात्मक रुपमा सन्तुष्ट भएकाहरुले सबैभन्दा उच्च तहको आनन्द प्राप्त गर्ने गरेको पाइएको छः  शोधकर्ता मिल्हसेन भन्छन् ।

यौन सम्पर्कमा बढि आनन्द उठाउनेमा अविवाहित भन्दा विवाहित पुरुषहरु अगाडि देखिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment