Comments Add Comment

बाघको छालामा विदेशीको रजाइँ

सेनाको सुरक्षा घेराभित्र यसरी हुन्छ बाघको शिकार

T skinसन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको  बाघ सम्मेलनको प्रतिवद्धता सँगै नेपालमा बाघ संरक्षणका लागि सरकारी, गैरसरकारी एवम् अनुसन्धानकर्ताको समूह सकृय हुँदै आएको छ ।

नेपाली सेनाको सुरक्षा घेरा तोडेर प्रकृतिका यी अनुपम जीवहरु चोरी सिकारी हुँदै चीनसँग सीमाना जोडिएका नेपाली भूमि एव् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अवैध निकासी हुने गरेको छ ।

पछिल्लो सरकारी तथ्याङ्क अनुसार झण्डै १३ महिना (जनवरी २०१५ देखि फेवरी २०१६) को अवधिमा नेपालमा बाघको छालासहित अन्य अंगको अवैध  व्यापारमा १४ वटा घटना दर्ता भएका छन् । जसमा दुई दर्जनभन्दा बढी अभियुक्त समातिएकोमा बन्जारा समुदायका भारतीय पनि छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोको पछिल्लो १४ महिनाको तथ्याङ्कले १४ वटा  बाघको छाला समातिएकोमा ६ वटा छाला बर्दिया राष्ट्रिय निकुञ्जका बाघका हुन् भन्ने पुष्टियाइदिएको छ ।

पारिस्थितिक प्रणालीमा सर्वोच्च स्थानमा रहेका यी प्राणीहरुका छाला, हाड, दाँत, नङ्ग्रा आदि राजधानी काठमाडौं हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकासी हुँदा यो कालो व्यापारमा लामो हात रहेको पुष्ट्याइँ हुन्छ । जिल्ला वन कार्यालय काठमाडौंमा विगत १० वर्षको पाटे बाघसँग सम्वन्धित मुद्दाको विवरण हेर्दा पनि यो कुराको पुष्ट्याइँ हुन्छ ।

विसं. ०६१ सालदेखि ०७२ सालसम्म जिल्ला वन कार्यालय काठमाडौंमा दर्ता भएका पाटे बाघसँग सम्वन्धित बेग्लाबेग्लै मुद्दामा स्वदेश तथा विदेशका गरी २७ जना आरोपितमध्ये ६ जना चिनियाँ नागरिकहरुमध्ये एकजनालाई ६ वर्ष ७ महिना कैद तोकिएको थियो । त्यस्तै गरी दुई जनालाई ५ वर्ष कैद, १ जनालाई १ लाख जरिवाना र अर्का १ जनालाई ५० हजार जरिवाना गरिएको थियो । थप १ जनाले सफाइ पाएका थिए ।

त्यस्तै नेपालका १६ जना मध्ये ७ जनालाई ५ वर्ष कैद, १ जनालाई कैद वापत नगद जरिवाना, ५ जनालाई १ लाख जरिवाना र ३ जनालाई सफाइ दिइएको छ ।

त्यसैगरी भारतका ४ जना समासमातिएकोमा जनही ५० हजार जरिवाना गरिउको थियो । पछिल्लो समयमा एकजना थाई नागरिकाले ७५ हजार रुपैयाँ जरिवाना बुझाएर उन्मुक्ति पाएका थिए ।

संरक्षित जनावर बाघको चोरी सिकारी तथा आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा विक्री गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।

यसरी जिल्ला वन कार्यालय काठमाडौंमा दर्ता भएका मुद्दाको फैसला फरक-फरक ढंगले हुनु र मुद्दाको अन्तिम किनारा पनि फरक फरक समयको अवधिमा हुनुले अपराध मौलाउन सहयोग पुगेको देखिन्छ । एउटै प्रकृतिका अपराधी भनेर प्रहरीले समातेका अभियुक्तहरु अनुसन्धान, तहकिकातदेखि मुद्दाको अन्तिम किनारा हुँदा एउटै नजिर स्थापित नभएर फरक ढंगबाट गरिने निर्णयले समेत बाघको छालामा रजाइँ गर्ने प्रवृति बढेको पाइन्छ ।

समान प्रकृतिका मुद्दामा विदेशीहरुले पाएको फरक-फरक ढंगका सजायँले समेत  द्विविधा उत्पन्न भएको देखिन्छ । केही संरक्षित जनावरको आखेटोपहार ओसार-पसारमा सजिलै छुटकारा पाएका छन् भने केही संरक्षित वन्यजन्तु बाहेकको अन्य मुद्दामा सजायँ पाएर पनि फर्केका छन्  ।

०६५ सालमा बाघको छाला राखेको आरोपमा नेपालबाट फरार बनेका अमेरिकन नागरिक इयान बेकर इन्टरपोलको निगरानिमा छन्

उदाहरणका लागि पछिल्लो दुई महिनामा जिल्ला वन कार्यालय काठमाडौंमा वन्यजन्तु (भालु) को दाँत  बोकेर हिँडेका काम्वोडियन नागरिक एवम् घरेलु भैंसीको सिङ बोकेर हिँडेका अमेरिकन नागरिकले स्वदेश र्फकने क्रममा आˆनो महत्वपूर्ण उडान रद्द गरी सजायँको भागिदार भएका थिए भने अर्कातिर ०७२ फाल्गुनको अन्तिम सातातिर बाघको दाह्रासहित एक मलेसियाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै उम्कन सकेका थिए ।

यसैवीच ०६५ सालमा बाघको छाला राखेको आरोपमा नेपालबाट फरार बनेका अमेरिकन नागरिक इयान बेकर इन्टरपोलको निगरानिमा छन् । यसैगरी ०७२ चैत्रको दोस्रो साता विश्व काठ सम्मेलनू को अवसरमा विदेशी पाहुनाहरुले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीको खुल्ला चौरमा वन्यजन्तुको आखेटोपहार प्रयोग गरी देखाएको मनोरञ्जनले समेत सानालाई ऐन, ठूलालाई चैन भन्ने कुरा चरितार्थ भएको पाइन्छ ।

निम्न तथा मध्यम वर्गका व्यक्तिहरुलाई संलग्न गराई दुरदराजबाट गरिने बाघलगायतका वन्यजन्तुको अवैध सिकार एवम् अवैध व्यापार मौलाउँदै गएको छ ।

biswanath risal
विश्वनाथ रिजाल

नेपालमा ओहोर-दोहोर गर्ने भारतका अल्पसंख्यक आदिवासी वावरी, वञ्जारा समूहका व्यक्ति, जो परम्परागत औजार प्रयोग गरी नेपालका बाघ मार्ने गरेको खुलासा भएको प्रतिवेदन बेलाबेलामा अनुसन्धान एवम् सुरक्षा कर्मीबाट जानकारी पाइन्छ ।

आधुनिक सुचना प्रविधि एवम् कडा सुरक्षा हुँदाहुँदै सधै उनीहरुमा समस्या पन्छाएर संरक्षण निकायहरुले आफ्नो उपलब्धि ठान्नु कत्तिको उचित होला ? जब कि अन्तर्राष्ट्रियरुपमै यी समुदायको वैकल्पिक रोजगारको व्यवस्था गरी उनीहरुलाई समाजमा स्थापित गराउन भारतसँग पहल गर्नु बुद्धिमानी पनि देखिन्छ ।

यस्तै वन्यजन्तु अपराध बारेका सूचना एवम् सन्देश सेवा प्रदायक निकाय एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशसँगै पर्यटकहरुले भर्ने डिक्लियरेसन र्फममार्फत जानकारी गराउन महत्वपूर्ण देखिन्छ । वन्यजन्तु अपराध सम्वन्धी अनुसन्धान एवम् तहकिकात एव् मुद्दाको अन्तिम किनाराका लागि गि्रनकोर्ट वा ग्रीन बेन्चबाट गर्ने व्यवस्था मिलाई यसमा संलग्न अधिकारी एवम् छिनोफानो गर्ने न्यायमूर्तीहरुलाई सही नजिर स्थापित गर्न उत्प्रेरित गर्नुपर्दछ ।

अमेरिकाको युनिभर्सिटी अफ मोन्टानाका विद्यार्थीहरुले संसारभरिका  बाघको बासस्थान रहेको ठाउँ आफ्नै विश्वविद्यालयबाट अध्ययन गर्न सम्भव भएझै निश्चित वासस्थानमा  २०० को हाराहारीमा  रहेका बाघहरुको रेडियो क्लरिङ्ग गरी अध्ययन अनुसन्धानमा संलग्न शैक्षिक संस्था, व्यक्ति एवम् सुरक्षा निकायहरुलाई अवलोकनको जिम्मेवारी दिने हो भने पक्कै पनि अपराधका घट्नाहरुबारे थप रहस्य खुल्दै गई संरक्षणमा थप टेवा पुग्नेछ ।

हुन त नेपाली सेनाको सुरक्षा घेरामा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको एक बाघ रेडियो क्लरिङ गरेकै अवस्थामा सन् २०११  चोरी सिकारीको निसानामा परेको तीतो यथार्थतालाई मध्यनजर गर्दा संरक्षणमा स्थानीय गाउँलेहरुको सहभागितालाई सक्रिय बनाउने हो भने अपराध न्यूनीकरणमा केही हदसम्म सफलता हासिल गर्न सकिने प्रमाण १९९०/०९१ ताका चितवन राष्ट्रिय निकुञ्जमा बढेको बाघको चोरी सिकारीलाई टाइगर टप्सकाूबाघ संरक्षणकर्मी चक म्यागडुगलले स्थानीय गाउँलेको सहभागिता गराई सफलता हात पार्न सकेको कुराले स्पष्ट गर्छ ।

(रिजाल वन्यजन्तु संरक्षण सम्बन्धी संस्थामा कार्यरत छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment