Comments Add Comment

यी हुन् सलमानसँग काम गर्न नमान्ने कलाकार

salman-amir-bivakमुम्बई । सलमान खान अहिले गायक अरिजित सिंहको कारण चर्चामा छन् । केहि दिन अघि मात्रै अरिजितले आफ्नो गीत ‘सुल्तान’ वाट हटाएको जानकारी गराएका थिए ।

अरिजित एक्ला कलाकार होईनन्, जसलाई सलमानसंग काम गर्न मन लागेन । बलिउडमा धेरै कलाकार छन्, जो सलमानसंग काम गर्न चाहँदैनन् । हेरौं उनीहरु को को रहेछन्ः

ऐश्वर्या राय बच्चनः सलमानसंग काम गर्न नमान्नेमा पहिलो स्थानमा आउँछिन् ऐश्वर्या राय बच्चन । कुनै वेला ऐश्वर्या सलमान खानको प्रेमिका भनेर चर्चामा थिइन् ।

चलचित्र ‘हम दिल दे चुके सनम’ मा काम गर्दा उनीहरुको अफेयर सुरु भएको थियो । करिब दुई वर्ष यो जोडी अफस्क्रिन र अनस्त्रिmन रोमान्सका कारण चर्चामा रहे । तर, अहिले उनीहरुको बोलचाल समेत छैन । उनीहरुलाई एउटै फिल्ममा काम गराउने सामथ्र्य कुनै पनि निर्देशकले राख्दैनन् ।

विवेक ओबरायः सलमानसँग सम्बन्ध बिच्छेद भएपछि केहि समय ऐश्वर्या विवेक ओबरायसंग नजिकिइन् । यही कारण बिबेकलाई सलमानले धम्कि समेत दिए । सलमानको धम्किपछि विवेक सलामानसँग बोल्न समेत चाहदैनन् ।

शाहिद कपुरः रकस्टार कन्सर्टका लागि वल्डटुरको क्रममा सलमान खान शाहिद कपुरसँग रिसाए । सलमान रिसाउनुको कारण शाहिदले सलमानसँग डान्सका केहि स्टेप सिक्न समेत चाहेका थिए । त्यसपछि शाहिदले सलमानसँग कुनै पनि फिल्ममा काम गरेका छैनन् ।

रणबीर कपुरः सलमान र रणबीकर कपुरको सम्बन्ध बिग्रनुमा कट्रिना कैफको हात छ भन्नेहरु धेरै छन् । सलमानसंग सम्बन्ध टुटे लगत्तै कटि्रना रणबीरसंग रिलेशनमा थिईन् । सनमान रिसाउनुको कारण त्यहि नै थियो ।

आमिर खानः आमिर खान र सलमान खानले एक अर्कालाई राम्रो साथी भएको बताउँदै आएका छन् । तर, यी कलाकार कहिल्यै एउटै फ्रेममा काम गर्दैनन् । उनीहरुमा प्रतिष्ठाको समस्या छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment