पोखिएका आँशु ति थमाउन सकेन गणतन्त्र
गरिव जनता तिमीसँग रमाउन सकेन गणतन्त्र ।
भूकम्पले, खुला आकाशमा, रुदै जनता बस्दा यहाँ
आँशु पुछि जनतालाई फकाउन सकेन गणतन्त्र ।
हिमाल, पहाड तराईको, मित्रतामा प्रदेश संरचना
विवाद चल्यो, फाटो पर्र्यो अटाउन सकेन गणतन्त्र ।
केक सरी मेरो देश, बाँडीचुडी खान, भाग लगाउँदै
राम्रो सन्देश यस्ले पठाउन सकेन गणतन्त्र ।
हिमाल रुन्थ्यो पहाडको काखमा, खुसी पार्न खोज्थ्यो तराई
तिम्रो प्रादेशीक संरचनामा, भाइचारा मौलाउन सकेन गणतन्त्र ।
कतै भोकमरी त कतै झाडापखलाको शिकार भए जनता
नेता गए विदेश, जनताका दुख ती घटाउन सकेन गणतन्त्र ।
दरबार पसे नेता, घरबार विहिन भोकभोकै जनता यहाँ
ओतबस्ने बास, गासको ठेगान बताउन सकेन गणतन्त्र ।
मौलायो कालो अर्थतन्त्र, बढे शोषक शामन्त देशमा
संरक्षण गर्यो उल्टै आफै हटाउन सकेन गणतन्त्र ।
नाम अनुसारको काम, व्यवहार पनि भएन तिम्रो
त्यसैले त गतिलो गरी फस्टाउन सकेन गणतन्त्र ।।
महेन्द्र केसी
पर्वत