Comments Add Comment

आक्रामक सेवा विस्तार गर्दै स्मार्ट टेलिकम

smartcellकाठमाडौं । स्मार्ट टेलिकम प्रा.लि.ले देशका अधिकांश भूभागमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले टावर थप्ने कार्यलाई तिब्रता दिएको छ ।

३४ जिल्लामा आफ्नो सेवा पुर्याएको स्मार्टले केही साताभित्रै काठमाडौं, पोखरा, नेपालगञ्ज, बीरगञ्ज र चितवन नयाँ टावर थप्न लागेको स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन शाक्यले जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०६५ असारदेखि ग्रामीण दूरसञ्चार अनुमति पत्र प्राप्त गरि करिब पच्चीस जिल्लामा सेवा सुरु गरेको कम्पनीले बैशाख २०७० मा एकिकृत दूरसञ्चार अनुमति पत्र प्राप्त गरेपछि सेवा विस्तार गरिरहेको छ । कम्पनीले नेपालको कानून तथा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनहरु बमोजिम कम्पनीलाई थप सुदृढ र फराकिलो बनाइरहेको शाक्यले जानकारी दिए ।

स्मार्ट टेलिकमले ३४ जिल्लका सुगम तथा दुर्गम स्थानमा गरि करिब चौध लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । सेवा विस्तारका लागि टावररनेटवर्क लगायत आवश्यक प्राविधिक उपकरण जडान तथा जनशक्तिसमेत परिचालन गरिरहेको शाक्यले जानकारी दिए ।

स्मार्टले सामाजिक जिम्मेवारी बहन गर्दै महाविनाशकारी भूकम्पमा समेत आप\mना ग्राहकलाई कम्पनीले निरन्तर सेवा दिइरहेको छ । स्मार्टले ग्राहकलाई तत्काल राहतस्वरुप १०० रुपैयाँ बराबरको रिचार्जसमेत निःशुल्क प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment