Comments Add Comment

गणतन्त्र दिवसका दिन प्रथम राष्ट्रपति पुर्ख्यौली घरमा आराम गर्दै

उहाँले हिजै गणतन्त्र दिवस मनाउनुभोः राजेन्द्र दाहाल

Rambaran Yadav

१५ जेठ, काठमाडौं । सरकारले जेठ १५ लाई गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भने जनकपुरस्थित आफ्नै निवासमा आराम गरिरहेका छन् । काठमाडौंको सैनिकमञ्चमा आयोजित विशेष समारोहमा निमन्त्रणा गरिए पनि उनी आएनन् ।

पूर्वराष्ट्रपतिका पूर्व प्रेस सल्लाहकार राजेन्द्र दाहालको भनाइमा गणतन्त्र दिवसको कार्यक्रममा अनुपस्थित भएर डा. यादवले कुनै सांकेतिक असन्तुष्टि जनाउन खोजेका होइनन् । दाहालले अनलाइनखबरसँग भने, ‘उहाँ काठमाडौंमा हुनुभएको भए जानुहुन्थ्यो होला, जनकपुर पुगेको मान्छे सैनिकमञ्चमा कसरी उपस्थित हुने ? पहिलेजस्तो सरकारले फुत्त हेलिकोप्टरमा ल्याउँदैन क्यारे ।’

तर, यहीबेला जनकपुर जाँदा प्रथम राष्ट्रपतिले गणतन्त्र दिवस छल्न खोजेको जस्तो देखियो नि ? अनलाइनखबरको प्रश्नमा दाहालले जवाफ दिए, ‘छल्न खोज्नुभएको होइन, आफ्नो तरिकाले मनाउन खोज्नुभएको हो ।’

[sam_list] त्यसो त दाहालका अनुसार गणतन्त्र दिवसका दिन आज जनकपुरमा पूर्वराष्ट्रपतिको कुनै कार्यक्रम छैन । उनी आफ्नै घरमा बसेर आराम गर्नेछन् । हिजो उनले जनकपुरको एउटा विद्यालयमा विद्यार्थीहरुसँग गणतन्त्रको विषयमा अन्तरक्रिया गरेका थिए । दाहालले त्यसैलाई ‘मौलिकरुपमा गणतन्त्र दिवस मनाएको’ भनेर व्याख्या गरे ।

‘गणतन्त्र दिवस मनाउने भन्नेवित्तिकै सरकारी कार्यक्रममै उपस्थित हुनुपर्छ भन्ने छैन,’ दाहाल भन्छन्, ‘पूर्वराष्ट्रपतिले मौलिक रुपमा गणतन्त्र दिवस हिजो मनाउनुभो, विद्यार्थीहरुसँग अन्तरक्रिया गरेर ।’

तर, गणतन्त्र दिवस त आज हो, हिजो मनाउनुको के औचित्य ? भन्ने प्रश्नमा दाहालले जवाफ दिए, ‘हिजो पनि गणतन्त्र दिवसको पूर्वसन्ध्या हो । एक दिन अगाडि मनाउँदैमा केही बिग्रिँदैन ।’

गृह मन्त्रालय स्रोतका अनुसार आफू नआउने विषयमा डा. यादवले सरकारलाई जानकारी गराएका थिएनन् । यद्यपि जानकारी गराउनैपर्छ भन्ने पनि छैन ।

यता शनिबार टुँडीखेलमा आयोजित समारोहमा पूर्वराष्ट्रपतिलाई वर्तमान भीभीआइपीहरु बस्ने लहरभन्दा पछाडि बस्ने व्यवस्था मिलाइएको थियो । तर, त्यहाँ नेम प्लेट राखिएको थिएन । आफ्नो नेमप्लेट नभएका कारण पूर्वउपराष्ट्रपति परमानन्द झा कार्यक्रमस्थलमा उपस्थित भएर पनि नबसी फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment