Comments Add Comment

आफू मरेर पनि यात्रुको ज्यान बचाउने विमान चालक न्यौपाने र रानालाई वीरता पदक

Dineshneupane-and-Santosh-rana

१५ जेठ, काठमाडौं । आफू मरेर पनि यात्रुहरुको ज्यान जोगाउने विमान चालकलाई वीरता पदक प्रदान गरिने भएको छ ।

गणतन्त्र दिवसको अबसरमा सरकाले मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको हो । जसमा क्याप्टेन दिनेश न्यौपाने र सहक्याप्टेन सन्तोष रानालाई मरणोपरान्त वीरता सम्मान प्रदान गरिएको छ ।

कालिकोटमा भएको विमान दुर्घटनामा न्यौपाने र रानाले ज्यान गुमाएका थिए । न्यौपाने र रानाले आफू मरेर पनि विमानमा भएका यात्रुहरुलाई बचाएका थिए ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानको विचबाटैमा पंखा रोकिएपछि पाइलटले कालिकोटको चिलखाया २ मा आकस्मिक अवतरण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment