Comments Add Comment

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.६ रेक्टरको पराकम्प, काठमाडौंमा पनि धक्का महसुस

earth quake१५ जेठ, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपासको क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

यो नयाँ भूकम्प नभई गत वर्ष वैशाख १२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment