Comments Add Comment

डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने घोषणा

करबाट उठेको रकम बूढीगण्डकीमा लगाइने

bishnu-poudel

१५ जेठ, काठमाडौं । सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाएको छ । बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिनेभएको छ ।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्सार विन्दुमै सरकारले डिजेल, पेट्रोलसहित हवाइ इन्धन र मट्टीतेलमा ५ प्रतिशत पूर्वाधार कर लगाउने भएकोे हो । यो मूल्यवृद्धिबाट सरकारलाई ७ अर्ब रुपैयाँ प्राप्त हुने अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ ।

सरकारको यो घोषणाले सबै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ मूल्यवृद्धि हुनेछ र यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने छ । संसदमा बजेट घोषणा गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यसरी संकलित रकम १ हजार २ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माण गरिने बताएका छन् ।

त्यसैगरी गोर्खाको घ्याल्चोकमा रहेको १२ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको यो आयोजनाको संभाव्यता अध्ययन भइसकेकेा छ । सरकारले आगामी वर्षदेखि निर्माण प्रक्रिया थाल्ने बताएको हो ।

बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना निर्माणका लागि जग्गा अधिकरणका लागि मात्रै ४३ अर्ब रुपैयाँ लाग्ने बताएको थियो । सरकारले यो आयोजनाले करम खर्च गर्न सके थप रकमको पनि व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।

यो पनि पढ्नुस् 

सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट (पूर्णपाठसहित)

पियनको तलव २३ हजार ८ सय ! हाकिमको कति भयो ? (हेर्नुहोस् सूची )

रामेश्वर खनालको टिप्पणीः वित्तीय दुर्घटनाको जोखिम बोकेको महत्वाकांक्षी बजेट

हुलाकी राजमार्गदेखि मध्यपहाडी लोकमार्गसम्म बजेट

बजेटको लक्ष्य: आर्थिक वृद्धि ६.५ प्रतिशत र मुल्यवृद्धि ७.५ प्रतिशत

तीनवटा अन्तर्राष्ट्रिय विमानस्थललाई पौने १४ अर्ब

वृद्धभत्ता दोब्बर भयो, बैंक खाता अनिवार्य खोल्नुपर्ने

सांसदको सुविधा बढाइयो, एकजना सांसदलाई साढे ३ करोड बजेट

तीन वर्षभित्र सबै जनताको अनिवार्य स्वास्थ्य बीमा गर्ने घोषणा

अयाेग्य लडाकूले दुई लाख पाउने, जनयुद्धका घाइतेको निशुल्क उपचार

अर्थमन्त्री पौडेलको गृहजिल्लामा १२ प्लान !

काठमाडौं-तराई द्रुतमार्गमा १० अर्ब विनियोजन

भूकम्पको पुनर्निर्माणका लागि १ खर्ब ४० अर्ब ६६ करोड बजेट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment