Comments Add Comment

दयाहाङको ग्याङस्टार मोह

Dayahang-Rai1काठमाडौं । पछिल्लो समय चर्चामा रहेका अभिनेता दयाहाङ राइमा ग्याङस्टार मोह बढ्दो छ । जीबन्त अभिनय गर्ने कलाकारको उपाधि पाएका दयाहाङले अभिनय गरेका मध्ये धेरैजसो चलचित्रमा ग्याङस्टार छबि प्रष्टिन्छ ।

मुस्ताङको थकाली परिवेशमा निर्मित ‘कबड्डी’ देखि माओवादी द्धन्द्धको परिवेश झल्किने ‘टलकजंग भर्सेज टुल्के’ मा पनि उनको ग्याङस्टार छबीेले स्थान पाएको छ ।

रंगमञ्च हुँदै अभिनयमा प्रवेश गरेका दयाहाङ विषयबस्तुको अध्ययन गरेर मात्रै अभिनय गर्छन् । आफुले काम गरेका कुनै पनि फिल्मप्रति उनको असन्तुष्टि छैन । ‘म स्क्रिप्ट पढेर मात्रै अभिनय गर्छु त्यसकारण आफुले काम गरेका फिल्मप्रति कमेन्ट गर्दिन ।’ दयाहाङले भने ।

‘लुट’ रिलिज भएपछि अभिनयमा स्थापित भएका दयाङले उक्त चलचित्रमा पनि ग्याङस्टारकै भूमिका निर्वाह गरेका थिए । संवोधन, झोले लगायतका फिल्ममा फरक भुमिकामा देखिएका दयाहाङ ग्याङस्टार छबी संयोग मात्रै हो भन्दैनन् ।

कुनै पनि फिल्ममा सम्झौता गर्नु अघि उनको लुक्स र चलचित्रको विषयबस्तुका वारेमा निर्देशकसंग राम्रै छलफल हुन्छ । कतिपय फिल्मको त सुटिङ अघि वर्कसप समेत हुने गरेको छ । कुन फिल्ममा कस्तो भुमिका निर्वाह गर्ने भन्नेमा उनको भन्दा धेरै निर्देशककै मतले स्थान पाउने गर्छ ।

पछिल्लो चलचित्र ‘लालटिन’ मा पनि उनको ग्याङस्टार छबी नै छ । एउटै शैलिमा चरित्र निर्वाह गरेकै कारण कतिपय कलाकार पलायन भएको बुझेका दयाहाङले आफु भुमिकाको विषयमा सचेत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment