Comments Add Comment

गर्मी बढी भएको भन्दै प्रहरीमा उजुरी, सूर्यलाई कारवाही गर्न माग

sunयो दुनियामा बाँच्नु मात्र पर्दछ, के के देख्न र सुन्न पाइन्छ । हुँदा हुँदा मानिसले सूर्य विरुद्ध पनि मुद्दा हाल्न थालेका छन् ।

हाम्रो छिमेकी मुलुक भारतमा हुन्छन् यस्ता धेरै विचित्र कामकुरा । कहिले बाँदरको बिहे त कहिले उँटको । अनि कहिले भगवान हनुमानलाई मन्दिरबाट हट्न अदालतको आदेश । अहिले फेरि अर्को विचित्र भएको छ । बढि चर्को गर्मी गराएको भन्दै एकजना भारतीयले सूर्य विरुद्ध पुलिसमा उजुरी हालेका छन् ।

मध्यप्रदेशस्थित शाजापुरका शिवपाल सिंहले गर्मीको लागि जिम्मेवार सूर्य विरुद्ध पुलिसमा उजुरी दिँदै सूर्यमाथि कारवाही गर्न माग गरेका छन् ।

पुलिसको नाउँमा सोसल मिडिया मार्फत पठाएको उजुरीमा शिवपालले सूर्य देउताले आफ्नो घामका कारण आफुलाई मानसिक तथा शारीरिक प्रताडता दिइरहेको उल्लेख गरेका छन् । उनले भारतीय संविधान अनुसार सूर्यलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

कोतवाली पुलिस चौकीले भने अहिलेसम्म कुनै लिखित उजुरी नआएको जनाएको छ । तर शिवपाल नामक व्यक्तिले पुलिसको नाउँमा उजुरी दिएर फेसबुक र टि्वटरमा भाइरल बनाएका छन् । ती शिवपाल को हुन् ? त्यो पनि थाहा हुन सकेको छैन । उक्त पुलिस चौकी आसपासका क्षेत्रमा शिवपाल नाम गरेका ३ जना व्यक्ति रहेपनि तिनैजनाले उक्त उजुरी आफ्नो नभएको बताएका छन् ।

सायद सोसल मिडियामा भाइरल भएकै भरमा पुलिस सूर्यमाथि कारवाहीमा नउत्रिएला । हाम्रोमा भएको भए त फेसबुकको पोष्ट पि्रन्ट गरेर अख्तियारले पुलिस चौकीलाई पत्र काटिसक्थयो होला सूर्यलाई कारवाही गर्न आदेश दिँदै । तर उक्त पुलिस चौकीका प्रमुखले भने गर्मी भनेको प्राकृतिक प्रक्रिया रहेको र सूर्यलाई कारवाही गर्न सकिने कुनै आधार र क्षमता नै नभएको भन्दै लिखित उजुरी परिहाले पनि त्यसमा कुनै कारवाही नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment