Comments Add Comment

यार्सा सङ्कलनका क्रममा महिलाको मृत्यु

१६ जेठ, बैतडी। दार्चुलाको खण्डेश्वरीमा यार्सा सङ्कलनका लागि लेक गएका एक महिलाको गएराति मृत्यु भएको छ ।

एक्कासी बिरामी परेका खण्डेश्वरी–१ रम्घाडीका ३५ वर्षीय कुत्थरी बोहराको मृत्यु भएको स्थानीय गजेन्द्र धामीले जानकारी दिए ।

बिरामी परेकी बोहरालाई अस्पताल ल्याउने तयारी गर्दागर्दै गएराति ११ बजे मृत्यु भएको हो । योसँगै दार्चुलामा यार्सा सङ्कलनको क्रममा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment