Comments Add Comment

सुनकोसी नदीको बेलिब्रिज झिकियो, तराईसँगको यातायात विच्छेद

Nawalparasi-pul.jpg1
फाइल फोटो

१६ जेठ,खोटाङ । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकिएको छ ।

खोटाङको दक्षिणी गाविस लिच्कीराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकिएको हो ।

महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने सुनकोसी नदीमा गत पुसमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकेपछि तराई तथा अन्य जिल्ला जाने सिधा यातायात सेवा विच्छेद भएको छ । सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र इन्द्रावती गरी पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङ्टारमा हिउँदमा मात्र सञ्चालन गर्ने गरी अस्थायी बेलिब्रिज जडान गरिन्छ ।

फोक्सिङ्टारमा सञ्चालित बेलिब्रिज झिकिएपछि जिल्लावासीलाई तराईलगायत अन्य जिल्ला आवत जावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको उद्योग वाणिज्य सङ्घ, खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए ।  पक्की पुल नबनेसम्म हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेपछि झिक्ने गरी दुई वर्षअघिदेखि सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ ।

पक्की पुल निर्माणका लागि ठेक्का लागिसकेको फोक्सिङ्टारमा अहिलेसम्म निर्माणको काम सुरु भएको छैन । दुई वर्ष अघि नै शिलान्यास गरिएको पुल निर्माणमा ठेकेदारले लापर्बाही गरेकाले काम नभएको स्थानीयवासीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment