Comments Add Comment

इँटाको चाङ खसेर दुई कामदारको मृत्यु, एक महिला घाइते

१६ जेठ,सिरहा। सिरहाको गोलबजार नपा–६ स्थित सागर इँटा उद्योगमा आज बिहान वाल (इँटाको चाङ) खसेर एक महिलासहित दुई भारतीय कामदारको मृत्यु भएको छ भने एक महिला कामदार घाइते भएकी छन् ।

hatyaभारत बङ्गालकी ३५ वर्षीया अलिना खातुन र सोही ठाउँका ६० वर्षीय असरफ अलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए । उनका अनुसार भारत बङ्गालकै ३५ वर्षीया राहिल्या खातुन गम्भीर घाइते भएकी छन् ।

गम्भीर घाइते राहिल्याको उपचार गोलबजारस्थित भुमिजा अस्पतालमा भइरहेको छ । मृतक खातुन र अलीको गोलबजारमा उपचार सम्भव नभएपछि थप उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए ।

मृतक खातुन र अलीको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment