Comments Add Comment

संघीय गठबन्धनको राजधानी केन्द्रित आन्दोलन सकियो, आज वीरगन्जमा विरोध प्रदर्शन

federal allience_protest (16)१६ जेठ, काठमाडौं । माग सम्बोधन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको संघीय गठबन्धनले आज वीरगन्जमा बिरोध प्रदर्शन गर्दे छ ।

राजधानी केन्द्रित आन्दोलन हिजोबाट सकिएसँगै संघीय गठबन्धनले आज वीरगन्जमा विरोध प्रदर्शन गर्ने भएको हो । विरगन्जमा आयोजना हुने विरोध प्रदर्शनमा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुने जनाइएको छ ।

राजधानी केन्द्रीत आन्दोलन अन्तर्गत सिंहदरबार र बालुवाटार घेराउ गरेको गठबन्धनका नेता दोस्रो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिर गएका हुन् । उनीहरुले भोली पोखरामा विरोध प्रदर्शन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

यसअघि सरकारले मोर्चालाई छलफलमा बोलाएको भएपनि बैठकमा उनीहरु सहभागी भएनन् । प्रधानमन्त्रीको पत्र आफूहरुले नपाएको बताएको गठबन्धनले मोर्चाको नाममा नभइ गठबन्धनको नाममा वार्तामा बोलाइनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment