Comments Add Comment

आमेषले लेखे – सिंगल हुनु अभिशाप कि गिफ्ट ?

Nita Dhungana (5)
फेसबुकका भित्ताहरुलाई नियाल्ने हो भने नायिका नीता ढुंगाना र उनका प्रेमी आमेष भण्डारीका तस्बिरहरु देखिन छाडेका छन् । कुनै समय हरेक दिन जसो तस्बिर पोष्ट गर्ने यो जोडी अहिले लामो समयदेखि यो कामबाट टाढा छ ।

आमेषको फेसबुक हेर्ने हो भने उनले मार्च २ देखि नीता र आफ्नो तस्बिर पोष्ट गरेका छैनन् । यसपछि उनका तस्बिरमा उनी सिंगल देखिएका छन् भने नीताको तस्बिरमा पनि उनी एक्लै देखिएकी छिन् । बरु नीताको तस्बिरमा उनकी नजिककी साथी भावना गुरुङ धेरै अटाएकी छिन् ।
neeta and aamesh
यसको अर्थ के नीता र आमेषको सम्बन्ध पहिलेको जस्तो छैन भन्ने हो ? यसलाई पुष्टी गर्ने आधारहरु पनि भेटिएका छन् ।
नेपाली चलचित्र क्षेत्रको ‘लभ बर्ड’को रुपमा चिनिएको यो जोडीका कुरा र स्टाटस हेर्ने हो भने आशावादी देखिदैन । आमेषले पोष्ट गरेको एक स्टाटसमा लेखिएको छ-‘सिंगल हुनु अभिशाप हो या गिफ्ट । तपाई नै निर्णय गर्नुहोस् ।’

यता नीताले मिडियासँगको कुराकानीमा आमेषसँग कहिले बिहे हुन्छ भन्ने कुरा एकिन नभएको उल्लेख गरेकी छिन् । उनका अनुसार आमेषसँग उनी बिहे नगरेर साथी मात्र भएर पनि बस्न सक्छिन् । चलचित्र छान्ने बिषयमा नीताले भनेकी छिन्-‘यहाँ बुढाले भनेको त चल्दैन, प्रेमीले यो गर त्यो नगर भनेर कसले मान्छ । म आफ्नै मर्जीले चलचित्र छान्छु र काम गर्छु ।’ उनले अहिले नै बिहे गर्ने सोच नभएको र आफुहरु साथी मात्र भएको बताइन् । उनले भनेकी छिन्-‘बिहे गर्नै पर्छ भनेर कतै लेखेको छ र ?’
Nita Dhungana (1) Nita Dhungana (2) Nita Dhungana (3)
नीता र आमेषको कुरालाई नियाल्ने हो भने यी दुइको सम्बन्ध त्यती राम्रो छैन । नीताका अनुसार आमेष अहिले आफ्नै परिवार र व्यापारमा व्यस्त छन् । आमेषले नयाँ चलचित्र गर्छन् या गर्दैनन् भन्ने बिषयमा पनि नीता बेखबर छन् । जबकी, चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजको समयमा नीता आमेषले नयाँ चलचित्र गर्न लागेको बताउन पछि पर्दैन थिइन् । के नीता र आमेषको सम्बन्धमा दुरी बढेको हो ? घटनाक्रमले यस्तै देखाएको छ । Nita Dhungana (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment