Comments Add Comment

सञ्चारमन्त्री राईले भने- सामुदायिक रेडियोलाई बजेट छुटि्टएन भनेर निराश नहुनुस्

सञ्चारमन्त्री शेरधन राई । तस्वीर: शोविता रिसाल, सिआईएन
सञ्चारमन्त्री शेरधन राई । तस्वीर: शोविता रिसाल, सीआइएन

१६ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बजेटमा सामुदायिक रेडियोहरुको लागि स्पष्ट व्यवस्था नभए पनि समग्र सूचना तथा सञ्चारको क्षेत्रमा छुट्याइएको बजेटले सामुदायिक रेडियोहरुलाई सम्बोधन गर्ने दाबी गरेका छन् ।

सामुदायिक सूचना नेटवर्क (सीआइएन)को आठौं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित अन्तरक्रियामा सञ्चारमन्त्री राईले सामुदायिक रेडियोहरुका लागि बजेट छुटि्टएन भनेर निराश र आक्रोशित नहुन आग्रह गरे ।

नीतिगत निर्णय गरी सामुदायिक रेडियोहरुको विकासमा सरकार प्रतिवद्ध रहेको मन्त्री राईले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले बजेट कार्यान्वयनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment