Comments Add Comment

नेपालले आज लाओससँग मैत्रीपूर्ण फुटबल खेल्दै

Nepali-football-Training

१६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज साँझ लाओसको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

खेल लाओसको राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार आज बेलुकी साँढे ६ बजेदेखि सुरु हुनेछ । खेलका लागि भेट्रान स्ट्राइकर अनिल गुरुङको कप्तानीमा नेपाली टोली लाओस पुगिसकेको छ ।

पूर्वी एशियाली मुलुक लाओस फिफा बरियातामा १७६औं स्थानमा छ ।

दुई बर्ष अन्तर्राष्ट्रिय प्रतियोगिताबिहीन नेपाली टोलीलाई व्यस्त र फिट बनाइराख्न अखिल नेपाल फुटबल संघ एन्फाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको अयोजना गरेको हो । नेपालले दुई महिनाअघि मलेसियाको अण्डर २२ टोलीसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

यद्यपी लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने टोलीहरुको लागि एशियाली फुटबल महासंघले नयाँ प्रतियोगिताको आयोजना गर्ने भएको छ । एएफसी सोलिडारिटी कप नाम दिइएको प्रतियोगिता आगामी सेप्टेम्बर/अक्टोवरमा आयोजना गर्ने भनिएपनि मिति र आयोजनास्थल खुलाइएको छैन । त्यस प्रतियोगितामा नेपालसहित ६ एशियाली मुलुकका टोलीले सहभागिता जनाउनेछन् ।

लाओसबिरुद्धको आजको खेल नेपाली टोलीका प्रशिक्षक ग्यातुकी कोजीको पहिलो अन्तर्राष्ट्रिय खेलपनि हुनेछ । यसअघि मलेसियाको उमेरसमूहको टोलीसँग नेपालले उनको प्रशिक्षणमा पहिलो खेल खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment