Comments Add Comment

वृहत लुम्बिनी चक्रपथ निर्माण गरिने

लुम्बिनीमा ५ हजार अटाउने सभाहल

Lumbini (17)

१६ जेठ, काठमाडौं । सरकारले ६ जिल्लाका प्रशिद्ध धार्मिक स्थललाई जोडेर बृहत लुम्बिनी चक्रपथ निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यो चक्रपथ महत्वमा परेको छ ।

बृहत लुम्बिनी चक्रपथमा रुपन्देही, नवलपरासी, स्याङ्जा, गुल्मी, अर्घाखाँची र तौलिहवा समेटिनेछन् । चक्रपथ लुम्बिनीबाट सुरु भएर भैरहवा, त्रिवेणी, दुम्किीबास, गैँडाकोट, राम्दी, रिडी, तम्घास, सन्धिखर्क, गोरुसिंगे, तौलिहवा हुँदै लुम्बिनीमा जोडिने छ ।

बृहत लुम्बिनी चक्रपथको आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य सुरु गर्ने बजेटमा उल्लेख छ । यो चक्रपथले धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

यसैगरी, स्वर्ण सगरमाथा वृहत चक्रपथको पनि विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडि बढाइने भएको छ । यो चक्रपथले ओखलढुंगा-सोलु सल्लेरी-खोटाङ दिक्तेल ओखलढुंगा समेट्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment