Comments Add Comment

कांग्रेस बैठकमा अर्थमन्त्री पौडेलको राजीनामा माग

सरकारले आर्थिक अनुशासन तोडेर बजेट ल्याएको आरोप

Bimalendra-Nidhi१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आर्थिक अनुशासन तोडेर बजेट ल्याइएको निष्कर्ष निकालेको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट कोरा कल्पनामा सीमित भएको भन्दै कांग्रेसले कार्यान्वयन हुन नसक्ने दाबीसमेत गरेको छ ।

व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा आइतबार बिहान बजेटको समिक्षा गर्न कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको थियो । बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै नेता डा. प्रकाशशरण महतले आकार ठूलो भएको वितरणमुखी बजेटले उल्लेख गरेअनुसारको स्रोत जुटाउन नसक्ने भएकाले बजेट कार्यान्वयनमा चुनौैती आउने बताए ।

बैठकमा नेता विमलेन्द्र निधि लगायतले अर्थमन्त्री विष्णु पौडेलको राजीनामा माग्नुपर्ने धारणा राखेका थिए । पुँजीगत खर्चको क्षमता नबढाई यो बजेट कार्यान्वयन कोरा कल्पना हुने कांग्रेसको निष्कर्ष छ ।

बजेटको आकार र प्राथमिकताको सूचना अघिल्लै दिन सञ्चारमाध्यमबाट सार्वजनिक भएकाले अर्थमन्त्री पौडेलले नैतिक रुपमा राजीनामा दिनुपर्ने निधिको भनाइ थियो ।

कांग्रेस सचेतक इश्वरी न्यौपानेले अर्थमन्त्रीको राजीनामाको कुरा बैठकमा उठे पनि यो छलफलकै क्रममा रहेको अनलाइनखबरलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘केहि साथीहरुले राजीनामाको कुरा उठाउनु भएको छ । बैठक जारी नै रहेकाले यो छलफलकै क्रममा छ । निर्णय भइसकेको छैन ।’

बैठकमा नेताहरु विमलेन्द्र निधि, डा. रामशरण महत, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, भरतबहादुर खड्का लगायतले बजेटले मुद्रास्फीति बढाई अर्थतन्त्रलाई डामाडोल बनाउने बताएका थिए ।

कर्मचारीको तलब वृद्धि र सांसदको कोठा भाडा वृद्धिलगायत विषय राम्रै भए पनि यसले साधारण खर्च बढाउने एवम् महंगी बढ्ने कांग्रेस नेताहरुको भनाइ थियो । ‘बजेटमा महंगी नियन्त्रण र उत्पादकत्व बढाउने ठोस आधार नभएकाले’ चुनावमुखी, पार्टीगत नारा एवम् सस्तो लोकपि्रयताका लागि बजेटमा कार्यक्रम ल्याइएको उनीहरुले बताए ।

चालु आर्थिक वर्षमा पूर्वाधार र पुँजीगत खर्चका लागि छुट्याइएको बजेट अहिलेसम्म २० प्रतिशत पनि खर्च नभएकाले पनि आगामी आर्थिक वर्षकोे महत्वाकांक्षी बजेट कार्यान्वयन नहुने धारणा बैठकमा नेताहरुले राखेको नेता रमेश लेखकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment