Comments Add Comment

‘पवनकली’ र नन्दितालाई लिएर अमेरिकामा ‘इडीभी’ बन्ने

mapbi and nandita kc in america
‘पवनकली’ नामक कार्यक्रमबाट एकाएक चर्चित बनेकी माम्पी घोष अहिले अमेरिकामा छिन् । नेपालबाट जाने कलाकारदेखि सर्वसाधारणलाई माम्पीले सहयोग गर्ने गरेकी छिन् । यसैले पनि उनी कलाकारदेखि सर्वसाधारणमा लोकप्रिय छिन् ।

अब, उनै माम्पीलाई लिएर निर्मात्री कविता श्रेष्ठले चलचित्र बनाउने भएकी छिन् । चलचित्रको नाम ‘इडीभी’ राखिएको छ । चलचित्रमा नायिका नन्दिता केसीको पनि मुख्य भूमिका रहने कविताले बताइन् । नन्दिता पनि कार्यक्रमको सिलसिलामा अमेरिकामा नै छिन् । उनी अब नेपाल र्फकने संभावना कम छ ।

चलचित्रलाई दीपक पाण्डेले लेखिरहेका छन् । डीभी परेर अमेरिका जाने नेपालीको कथामा यो चलचित्र तयार हुनेछ । चलचित्रको ७० प्रतिशत छायांकन अमेरिका नै हुने कविताले बताइन् ।

चलचित्रलाई अमेरिकामा नै रहेका निर्देशक सुरेश दर्पण पोख्रलले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment