Comments Add Comment

बजेटले आर्थिक क्रान्तिको आवश्यकता पूरा गर्दैनः डा. बाबुराम भट्टराई

Baburam bhattrai

१६ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारले शनिबार सार्वजनिक गरेको बजेटले आर्थिक क्रान्तिको आवश्यकता पूरा गर्न नसक्ने टिप्पणी गरेका छन् ।

अर्थमन्त्री बिष्णु पौडेलले शनिबार संसदमा सार्वजनिक गरेको बजेटबारे सामाजिक सञ्जालमार्फत चार बुँदे विचार व्यक्त गर्दै डा. भट्टराईले बजेटले केहि नयाँ स्वाद दिएपनि यो परम्पराकै निरन्तरताजस्तो भएको उल्लेख गरेका छन् ।

पपुलिष्ट र बिकासमुखी कार्यक्रमको खिचडीजस्तो भएको भन्दै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले यसले अमूक पार्टीलाई फाइदा गरेपनि समग्र मुलुकको तीव्र आर्थिक विकासको आवश्यकता पूरा गर्न नसक्ने बताएका छन् ।

बजेटको समग्र संरचनामा ६० प्रतिशत साधारण खर्च हुनु, ३० प्रतिशतमात्र बजेट खर्च हुनु तथा १० प्रतिशत ऋण भुक्तानी हुनुले यस बजेटले आर्थिक क्रान्तिको उडान भर्न नसक्ने भट्टराईको दावी छ ।

बुद्धि र वितरणमा सन्तुलन मिलाउन नसक्नु नेपालको बजेट निर्माणको मूख्य चुनौती रहेको बताउँदै भट्टराईले दीर्घकालिन आर्थिक आधार निर्माण गर्ने नीति अवलम्वन गर्न सक्ने नेतृत्वको खाँचो औल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment