Comments Add Comment

साहित्यकार सिलवालले गरे आत्महत्या

१६ जेठ,  काठमाडौं । बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गर्दा परिवारजनले भेटी उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको छ ।

Nakul-Silwalबिहान करिब ७ बजे कोठामा एक्लै भएका बेला सिलवालले आत्महत्याको प्रयास गरेपछि परिवारले थाहा पाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

सिलवालको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको वृत्तका प्रहरी सहायक निरीक्षक रामविनय सिंहले जानकारी दिए ।

विसं २०१९ मा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मिएका साहित्यकार सिलवालले २०३९ सालमा बगर फाउन्डेसन खोली नेपाली साहित्यिक कृतिको प्रकाशन र ‘बगर’ र ‘नदी’ पत्रिका सम्पादन गर्दै आएका थिए ।

उनका कथा, निबन्ध, उपन्यास, लेख, कविता सङ्ग्रहलगायत एक दर्जन पुस्तक प्रकाशन भएको छिमेकी एकराज आचार्यले बताए । साहित्यकार सिलवालले विभिन्न विधाका पाँच दर्जन कृतिको सम्पादन समेत गरेका छन् । ओमकारमार्ग, शान्तिनगर नयाँ बानेश्वरमा बस्दै आएका उनका श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment