Comments Add Comment

कविता

(१)
अचेल शुभ विवाहसँग आउने
अशुभ नारी अधिकारले भन्छ
मर्द तिमी नारी भट्टीमा पस
टन्न मदिरा पिऊ तिमी
बोतल चैं भट्टीमा छोड ।

Bharat-Bhardwaj(२)
यौटा फुकेको बेलुन चलाउनु जस्तै
तिम्रो अङ्गमा चलेर
मैले के मज्जा पाएँ
तिम्रो नमज्जाको गाली सिवाय ?

(३)
अचेल प्रेम भनेको
मर्दले घाटामा खोलेको
मसाज केन्द्र रहेछ
युवतीहरू आउँछन् मज्जा लिन्छन्
मर्दले उल्टै शुल्क तिर्छ ।

(४)
ब्रम्हाले सृष्टि गरेर
अन्तमा सिध्याउन खोजे
किनकी पुरूष जसलाई अन्तमा छैन मज्जा
उसमा ‘आतुरी’ भरिदिए
नारी जसलाई अन्तमा छ मज्जा
उसमा ‘शिथिलता’ भरिदिए ।

-भरत भारद्वाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment