Comments Add Comment

पाँचथरमा बिषालु च्याउ खाँदा पाँचको मृत्यु

poison mushroom

१६ जेठ, ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला पाँचथरमा जंगली बिषालु च्याउको सेवनबाट गएको ट दिनभित्र दनमा एकै परीवारका चारसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पाँचथर थर्पु ६ निवासी ११ वषर्ीया एलिजा मावोको, आङना १ की ४५ वषर्ीया पदममाया माङलाक, कविता माङलाक, सोनी माङलाक र मन कुमारी माङलाक रहेका छन् ।

माङ्लक सबै एकै परीवारको भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । उनीहरुको उपचारका क्रममा पाँचथर अस्पताल सहित झापा र धरानमा मृत्यु भएको हो ।

पाँचथर आङना १ बस्ने कालुमान माङलाककी श्रीमती ३९ बर्षीया मनकुमारी माङलाकको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगर गएराति मृत्य भएसँगै मृतकको संख्या पाँच पुगेको हो ।

जंगली च्याउ खाँदा बिरामी परेका अरु ७ जनाको पाँचथर, झापा र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment