Comments Add Comment

ताप्लेजुङका पत्रकार तथा किराँत भाषाका अनुसन्धानकर्ता अधिकारीको निधन

१६ जेठ, ताप्लेजुङ  ।  ताप्लेजुङका पहिलो पत्रकार तथा सामाजिक अभियन्ता गोपीकृष्ण अधिकारीको आज विहान निधन भएको छ ।

Gopikrishna-Adhikariमुटु मधुमेह तथा मृगौलारोगबाट लामो समयदेखी पीडित अधिकारीको आज बिहान ७५ बर्षको उमेरमा निधन भएको हो ।

१९९८ साल फाल्गुण १० गते रामेछाप कठजोरमा जन्मेका र ताप्लेजुङ फुङ्लिङ वार्ड नं ५ स्थाइ घर भएका अधिकारीको काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आइतबार बिहान ६ बजे उपचारका क्रममा निधन भएको हो ।

ताप्लेजुङको शिक्षा र चेतनास्तर माथि उठाउन अधिकारीको महत्वपूर्ण योगदान छ । लिम्वु धर्म र भाषाको खोज गरेका अधिकारीले किराँत भाषा र साहित्यको पनि बृहत अनुसन्धान गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयवाट २०२४ सालमा एमकम गरेका अधिकारीले ‘ख’ बर्गको लेखा परिक्षकका रुपमा समेत काम गरेका थिए । त्यसैगरी २०३४ सालमा राष्ट्रिय समाचार समितिको ताप्लेजुङ संवाददाताका रुपमा पत्रकरिता शुरु गरी लामो समयसम्म कलम चलाएका थिए ।

उनले पुर्वी नेपालको कला साहित्य र संगीतका विविध बिषयहरुमा कलम चलाएका थिए । उनले जिल्लामै पहिलोपटक ताप्लेजुङ साप्ताहिक पत्रिका समेत प्रकाशन गरेका थिए ।

उनको आज बिहान ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय अधिकारीका श्रीमती ३ छोरा र १ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment